लिलाले सचिवमा उम्मेदवारी दिने

SHARE:

एटा संवाददाता
लन्डन । समाजसेवी लिला सेलिङ्ग माबोले एनआरएनए यूकेको आगामी निर्वाचनमा सचिवको पदमा उम्मेदवारी दिने भएकी छन् ।

नेपालमा विद्यालयको प्राचार्यको भूमिकामा रहेर काम गरिसकेकी आबो भूतपूर्व गोर्खा श्रीमान् संगै हाल बेलायत बस्दै आएकी छन् । पेशाले डेन्टल नर्स रहेकी माबो नेपाल आदिवासी जनजाति महासंघ बेलायतकी उपाध्यक्ष, ग्रेटर रस्मोर नेपाली कम्युनिटी यूकेकी महिला संयोजक लगायत विभिन्न संघसंस्थामा आवद्ध छिन् । त्यस्तै, उनी नर्थ इष्ट ह्याम्सायर लेवर पार्टीबाट प्रथम बिएमई अधिकृत र रसमोर हेल्थी लिभीङ यूकेकी बोर्ड ट्रस्टी तथा डाइरेक्टरको रुपमा कार्यरत छिन् ।
लाहुरेनी पीडा नामक पुस्तक समेत लेखन तथा प्रकाशन गरिसकेकी माबोले पाँचथर समाज सेवा यूकेमा उपाध्यक्ष, किरात याक्थुङ्ग चुम्लुङ्ग यूके रस्मोर शाखा संस्थापक अध्यक्ष, किरात याक्थुङ्ग चुम्लुङ्ग यूके केन्द्रिय किरात याक्थुङ्ग चुम्लुङ्ग यूके महिला विभाग संस्थापक अध्यक्षमा रहेर काम गरिसकेकी छन् ।

एनआरएन यूकेको च्यारीटी बिभागमा रहेर काम गरिसकेकी माबो एनआरएनए यूकेको वर्तमान महिला सहसंयोजक हुन् । उनले विभिन्न क्षेत्रमा काम गरेवापत विभिन्न पुरस्कारहरुलाई पुरस्कृत भैसकेकी छन् ।
गत मे महिनामा सम्पन्न स्थानीय निर्वाचनमा ह्याम्पसायर हार्ट डिष्ट्रिक काउन्सिलबाट लेबर पार्टीको तर्फबाट काउन्सिलर पदमा उम्मेदवारी दिएकी समाजसेवी माबोले एनआरएनए यूकेलाई अझ अगाडि बढाउन योजना अनुरुप आपूmले उम्मेदवारी दिन लागेकी बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!