एटा संवाददाता
लन्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त चर्चित ‘नेपाली मेला’ को तयारी सुरु भएको छ ।


आयोजक तमुधिं यूके मेलाको तयारीमा द्रुतगतिमा जुटेको छ । बेलायतीभूमि नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यअनुरुप सन् २००९ देखि प्रत्येक वर्ष अगस्ट महिनामा मेलाको आयोजना गर्दै आएको छ । जुन मेला नेपाली राजदूतावास लन्डनको सहयोग, बेलायतस्थित नेपाली संघसंस्था, उद्यमी तथा व्यापारीहरुको साथ र बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहको आपार मायामा सञ्चालन हुँदै आएको छ । यसपटक एघारौं संस्करणको रुपमा आगामी २५ अगस्टका दिन लन्डनस्थित केम्पटन पार्कमा आयोजना गर्ने भएको छ ।
मेलालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोजक तमुधिं यूकेले विभिन्न व्यक्ति, संघसंस्था र नेपाली दूतावास लन्डनसँग भेटघाट, छलफल र पत्रचार गरिरहेको छ । त्यस्तै, आन्तरिक रुपमा कार्यसमिति, मेला संयोजन समिति, आजीवन सदस्य, सल्लाहकार, आमा समूह, युथ र शुभचिन्तकहरुबीच बैठक बस्दै आएको छ । मेलामा विशेषगरी विभिन्न जातीय र भेगीय कला र संस्कृति झल्किने झाँकी तथा नृत्यलाई केन्द्रमा राख्दै आए तापनि विगत केही वर्षदेखि नयाँ पुस्ताकाभाइबहिनीहरुलाई समेत सहभागी गराउने उद्देश्यअनुरुप युथहरुलाई विशेष समय छुट्टाउँदै आएको आयोजक तमुधिं यूकेले जनाएको छ ।
मेलामा उत्कृष्ट झाँकी तथा नृत्य प्रस्तुत् गर्ने समूहलाई नेपाली दूतावास लन्डनद्वारा प्रायोजित ‘एम्बासेडर कप’ ले सम्मान गर्दै आएको छ । र, दूतावासकै निमन्त्रणमा बेलायतस्थित विदेशी कूटनैतिक अधिकारीहरुलाई निमन्त्रणा गर्ने प्रचलनलाई यसपटक पनि निरन्तरता दिने भएको छ । साथै, मेलामा भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्न सो सँग सम्बन्धित सामग्रीहरुलाई प्रदर्शन तथा वितरणसमेत गर्ने भएको छ ।
मेलामा आप्mनो व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्नका लागि स्टल बुकिङ्ग खुल्ला गरिसकिएको र सम्पर्कको आधारमा स्टल उपलब्ध गराइने तमुधिं यूकेले जनाएको छ । विगतको मेलामा करिब ३० देखि ४० वटा संघसंस्थाले मेलामा भाग लिँदै आएको छ भने करिब ५ हजार जना दर्शकको उपस्थिति रहँदै आएको छ । ‘नेपालीको लागि नेपाली’ भनेझंै मेलाको सफलतामा बेलायतवासी नेपालीहरुको ठूलो हात छ ।
नेपाली राजदूतावास लन्डन, एनआरएनए यूके, बेलायतमा रहेका नेपाली संघसंस्थाहरुको सहकार्य, हौसला, साथ र सहयोगकै कारण हामीले मातृभूमिबाट हजारौं माईल टाढा रहेको कर्मभूमि बेलायतमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा एउटा ईट्टा थप्न सफल भएको आयोजकको दाबी छ ।
मेलाले एकातिर बेलायतमा रहेका नेपाली संघसंस्थाहरुबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने अर्कोतर्फ स्थानीय समुदायसँग पनि सम्बन्ध बढाउन सक्ने विश्वास लिएको छ ।
सदाझंै यस वर्ष पनि झा“की तथा नृत्य प्रतियोगितामा उत्कृष्ट हुने संस्थालाई नेपाली राजदूतावास लन्डनद्वारा प्रायोजन गर्दै आएको ‘एम्बासेडर कप’ र गैरआवासीय नेपाली संघ युकेद्वारा प्रायोजन गर्दै आएको ‘एनआरएनए’ कप प्रदान गरिनेछ भने द्वितीय र तृतीय हुन सफल संघसंस्थाहरुलाई नगद पुरस्कारले सम्मान गरिनेछ । साथै, नृत्य प्रतियोगितातर्फ प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने संघसंस्थालाई नगद पुरस्कारको व्यवस्था गरिने भएको छ । तर, कार्यक्रमस्थल, स्टेज, साउन्ड, पाहुनाहरुको स्वागत तथा सत्कार विभिन्न शीर्षकका पुरस्कार, हेल्थ एण्ड सेफ्टी लगायतमा भने निकै ठूलो खर्च हँुदै आएको छ । दर्शकहरुबाट उठाइने प्रवेश शुल्क, पार्किङ्ग, स्टलबाट केही रकम संकलन हुने भए तापनि अधिकांश पुरस्कारहरु भने विभिन्न व्यक्ति, संघसंस्था र उद्यमी तथा व्यापारीहरुले प्रायोजन गरिरहेको बुझिन आएको छ ।
बेलायतमा करिब १ लाखभन्दा बढी नेपाली स्थायी रुपमा बसोबास गरिरहेको विश्वास छ । तर, यसको सही तथ्यांक भने सन् २०२१ हुन लागेको बेलायतको जनगणनापश्चात् मात्र थाहा हुनेछ । भूतपूर्व गोर्खाहरुलाई बेलायतमा परिवारसहित स्थायी बसोबास गर्ने अधिकार दिएपश्चात् बेलायतमा नेपालीहरुको संख्यामा ह्वात्तै वृद्धि भएको हो । नेपालीहरुको वृद्धि सँगसँगै पहिलो पुस्ताका प्रत्येक नेपालीहरु आप्mनो नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा जुट्ने क्रममा तमुधिं यूकेले नेपाली समुदाय बेलायतमा नेपाली मेलाको अवधारणा ल्याइएको बताइएको छ ।






