अर्जेन्टिना फुटबलका कप्तान लियोनल मेस्सीले कोऑपा अमेरिकालाई भ्रष्टाचारको संज्ञा दिँदै ब्राजिललाई जिताउने पूर्व योजना अनुसार गतिविधि भइरहेको सांकेतिक आरोप लगाएका छन् । चिलीसँगको खेलमा रातो कार्ड पाएर मैदान बाहिर पुगेका मेस्सीले तेस्रो स्थानको मेडल लिन समेत अस्वीकार गरेका छन् ।
संवाददाताहरुसँग कुरा गर्दै विश्वविख्यात फुटबलर मेस्सीले कोपा अमेरिकाको फाइनलमा रेफ्री र भिएआरले पेरुलाई स्वच्छ प्रतिस्पर्धा गर्न दिनेमा समेत आशंका जनाए । उनले ब्राजिललाई जिताउन रेफ्री र भिआएर नै लागेको सांकेतिक आरोप लगाए ।






