ख्याम्पो निमासिङ्गे लामालाई मगर भवनमा स्वागत।

SHARE:

गोमा राना-बेलायत

 

गत आइतबार ७ तारिख जुलाइ २०१९ का दिन मगर संघ युकेले ख्याम्पो निमासिङ्गे राम्जाली लामामगरलाई मगर भवनमा भब्यताका साथ स्वागत गरेको छ। मगर संघ युकेले उनलाई २०१६ मा पनि मगर भवनमा स्वागत गरेको थियो | उनलाई बेलायमा अर्डर्सट स्थित “बुद्धिश कमुनिटी सेन्टर” (बिसिसी) युके निमत्याईको हो | उनको बेलायत बसाइ एक बर्षको हुने छ |

 

वहाँको बेलायत आगमन यो तेस्रोपटक हो। २०१४ मा पहिलो पटक बेलायत आएका थिए | सो समयमा उनले अल्डर्सट गुम्बा शृंगार पटार गर्ने क्रममा गुम्बा भित्रको शृंगार पटारको चित्रण उहाँको परिकल्पनामा तथा सहभागितामा सम्पन्न भएको थियो | वहाँले नेपालि भाषामा अतिनै सरल बुझ्ने गरि प्रबचन गर्नु भएकै कारण तथा उनलाई भक्तजनले औधि रुचाएको कारणले गर्दा उनलाई दोस्रोपल्ट पनि २०१६ मा निम्त्याईएको थियो। ख्याम्पो निमासिङ्गे लामा अतिनै सरल, मिजासिलो, आदार्शवान र बौद्ध धर्मको ज्ञान सम्बन्धि क्षमतावान ब्याक्तित्वमा गनिन्छन | उनले तिबेतियन भाषा, अंग्रेजी, हिन्दि, नेपाली र काइके भाषामा प्रबचन दिन सक्षम छन | जसको फलस्वरूप उनलाई तेस्रो पटक पनि बेलायतको बिसिसी युकेले निमत्याईको हो |

 

ख्याम्पो निमा सिङ्गे लामाको जन्म नेपालको मध्य पचिमाञ्चल, डोल्पा जिल्ला, मगरलामाको परिवारमा भएको थियो | उनि बाल्यकालदेखिनै लामा सम्बन्धि नै पठन पाठन भएको थियो । उनले बौद्ध शिक्षाको बिभिन्न चरणका ज्ञानहरु हासिल गर्दै लामाहरुको उच्च शिक्षा ख्याम्पो सम्मको अध्ययन पुरा गरेका छन | उनि हाल काठमानडौ स्थित बौद्ध गुम्बामा धर्मगुरुको रुपमा सक्रिय छन ।

 

मगरहरुको भाषाहरु मध्य काइके भाषालाई लोपोन्मुख हुनबाट बचाउन लागि, संरक्षण, सम्बर्दन तथा बिकास गर्नको लागि शब्दकोष प्रकाशन गरेका छन | मगरहरुको तीनवटा भाषाहरु ढुट, खाम र काइके मध्ये, काइके मगर शव्दकोषलाई भोट तेर्छुरोङ भोटभाषा, अङ्ग्रेजी एवं नेपाली भाषामासहित प्रकाशित गरेका छन |

 

मगर संघ युकेको चौमासिक बैठक चल्दै गरेको समयमा मगर संघका अध्यक्ष सुनिल राना लगायत उपस्थित मगरहरुले भब्य स्वागत गरेका थिए |

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!