नेपाली मेला सम्पन्न गर्न ६५ सदस्यीय कमिटी गठन

SHARE:

एटा संवाददाता
लण्डन । तमुधिं युकेले नेपाली मेला सम्पन्न गर्न ६५ सदस्यीय कमिटी गठन गरेको छ । गत आइतबार ७ जुलाईका दिन मिचेटस्थित तमुधिं भवनमा सम्पन्न बैठकले उपाध्यक्ष जुमकाजी गुरुङको संयोजकत्वमा गरी सो कमिटी गठन गरेको हो ।

बैठकमा उपाध्यक्ष एवं मेलाका संयोजक जुमकाजी गुरुङले मेलाको तयारी बारे आप्mनो विचार प्रस्तुत गरे । मेलालाई कसरी व्यवस्थित र आकर्षक बनाउने भन्ने बारेमा व्यापक रुपमा छलफल गरिएको बैठकमा कार्यसमिति, सल्लाहकार, आजीवन सदस्य, आमा समूह र युवाहरुले विभिन्न सुझाव र सल्लाह दिएका थिए । त्यस्तै, बैठकमा विशिष्ट पाहुनाहरुलाई निमन्त्रणा गर्ने बारेमा पनि छलफल भएको थियो ।

तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष हितकाजी गुरुङले स्वागत मन्तब्य प्रकट गरेका थिए भने महासचिव तुलाराम गुरुङले बैठक सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!