नरेन्द्रराज नेम्वाङ
लण्डन । किराती लिम्बुहरुको महान चाड सिसेक्पा तङ्गनाम आफैले खरीद गरेको जग्गा चुम्लुङदेनमा हुने भएको छ ।
बेलायतवासी लिम्बुहरुको धेरै लामो समयको प्रयासपछि गएको वर्ष उक्त जग्गा खरिद गरेको हो । पहिलोपटक आफ्रनै जग्गामा सिसेक्पा तङ्गनाम मनाउन पाउँदा सम्पूर्ण लिम्बुहरु अत्यन्त उत्साहित छन् ।
नयाँ ठाउँ नौलो परिवेश उत्साहित हुनुका साथै चुनौतिहरु पनि त्यति नै देखिन्छन् । त्यहाँका स्थानीय वासिन्दाहरुलाई असुविधा नहोस् भन्नाका लागि ट्राफिक म्यानेजमेन्ट, साउण्ड सिस्टम, हेल्थ एण्ड सेप्mिटलाई बिशेष ध्यान केन्द्रित गरिएको बताईएको छ ।
लिम्बुहरुको आफैले खरीद गरेको जग्गामा सिसेक्पा तङ्गनाम मनाउने महान सपना पुरा हुने भएको छ । साथै, कियाचु युके कार्यसमिति लगायत सम्पूर्ण लिम्बुहरुले सोही जग्गामा चुम्लुङ्गहिम निर्माण गर्नका लागि नयाँ जोस जाँगरका साथ नयाँ भिजन ल्याउन पर्ने अग्रजहरुले बताएका छन् ।
चासोक तङ्गनाम, कक्फेक्वा तङ्गनाम यक्वा, तङ्गनाम पनि लिम्बुहरुको महान पर्वमा पर्छन् । बेलायतको व्यस्तता समयको अभावको कारण, सिसेक्पा तङ्गनाम (साउने संक्रान्ति) लाई बिशेष महत्व दिइएको छ । यस सिसेक्पा तङ्गनाम विगत वर्षहरुमा आस्फोर्डको गे्रड चार्ट खेल मैदानदेखि लण्डनको फेल्थाममा मनाउने गर्दथे ।
यसपटक भने मेडेस्टोन नजिक येल्डिङ्गस्थित आप्mनै जग्गामा मनाउन लागेको हो । सिसेक्पा तङ्गनाम बेलायतवासी लिम्बुहरुको संस्कृति संस्कार झल्काउने, एकआपसमा भेटघाट भलाकुसारी गर्ने र कार्यक्रममा लिम्बु र गैर लिम्बु गरि करिब ३÷४ हजार जना उपस्थित हुने गर्दछन् ।






