बुद्धिष्ट गुम्बा सहयोगार्थ रेडिङमा आनी छोइङद्वारा सांगीतिक प्रस्तुति

SHARE:

एटा संवाददाता
लण्डन । बुद्धिष्ट गुम्बा रेडिङ्गको गुम्बा निर्माण सहयोगार्थ आयोजित च्यारिटी डिनर नाईटमा ‘फुलको आँखामा फुलै संसार….’ लगायत चर्चित गीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल नेपाली आनी छोइङ डोल्माले सांगीतिक प्रस्तुती दिएकी छन् । उनले गत आइतबार जुलाई ७ का साँझ रेडिङ्गस्थित रिभरमेड लेजर सेन्टरमा आफ्रनो प्रस्तुति दिएकी हुन् । उनले बुद्ध धर्म संग सम्बन्धित अध्यात्मिक मन्त्र र गीतहरु गाएकी थिईन् । उनलाई वरिष्ठ संगीतकार न्ह्यू बज्रचार्यले गीतारमा, रमन महर्जनले बाँसुरीमा, सुन्दर कुमार महर्जनले ड्रममा र स्थानीय स्यान्टाले सारङ्गीमा साथ दिएका थिए ।

सात सय जना भन्दा बढिको उपस्थिति रहेको कार्यक्रममा गायिका आनी डोल्माले ‘जय होस्, मंगल होस् सबैको…., हित होस् सबैको… ॐ बज्र गुरु…, आमा आमा…, मत ठूलो हुदै होइन…, उडुँ उडुँ…, फुलको आँखामा फुलै संसार….लगायतका गीतहरु गाएका थिए । उनले गीत, मन्त्र र धुन सँगसँगै गीतको भाव र अर्थ, मन्त्रले दिने पोजिटिव इनर्जी, बौद्ध शिक्षालगायत आप्mना साँगीतिक यात्राका बारे चर्चा गरेकी थिईन् । सो अवसरमा वरिष्ठ संगीतकार बज्रचार्यले समेत फुलको आँखामा…. , जब तिमी नजिकिंदै.., लैजाउ चरी लगायत आपूmले संगीत दिएका गीतहरुलाई छोटोमा गाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं रेडिङ्ग ईष्टका एमपी म्याट रोड्डा, बिशेष अतिथि एनआरएनए युके अध्यक्ष योग कुमार फगामी, बिशेष अतिथि तमुधिं युके अध्यक्ष नन्दजङ्ग गुरुङ र आयोजक बुद्धिष्ट गुम्बा रेडिङ्गका अध्यक्ष ई. खेम बहादुर गुरुङले संयुक्त रुपमा दीपप्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस्तै, चन्द्र गुरुङलगायत गुम्बाका सदस्यहरुको समूहले ‘जहाँ छन् बुद्ध….’ बोलको गीत प्रस्तुत् गरेका थिए ।

कार्यक्रममा आयोजक बुद्धिष्ट गुम्बा रेडिङ्गका अध्यक्ष ई. खेम बहादुर गुरुङले बुद्धिष्ट गुम्बा रेडिङ्ग स्थापना बारे चर्चा गर्दै स्थापना भएदेखि गुम्बाले गर्दै आयोजना आएको विभिन्न पूजा तथा कार्यक्रमहरुको बारे जानकारी गराएका थिए । साथै संस्थाको गुम्बा निर्माण सहयोगार्थ आनी छोइङ डोल्मा कन्सर्ट च्यारिटी नाईट कार्यक्रमलाई प्रायोजन गर्ने प्रायोजक, आनी डोल्मालगायत नेपालबाट आएका सांगीतिक समूह, कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्दै आएका कार्यसमिति, प्रमुख अतिथि, बिशेष अतिथि लगायत उपस्थित सबैलाई धन्यवाद दिए ।
त्यस्तै, गुम्बाका महासचिव एवं कार्यक्रम संयोजक कमल गुरुङले गुम्बाको बारेमा चर्चा गर्दै प्रमख अतिथि, बिशेष अतिथि, नेपालबाट आएकी आनी डोल्मा लगायतको सांगीतिक समूह, गुम्बा निर्माणमा सहयोग गर्ने सबै दानवीरहरु लगायत उपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा गुम्बालाई ५०० पाउण्डभन्दा बढी सहयोग गर्ने सहयोगदाताहरुलाई आनी डोल्माले खादा लगाई दिएका थिए । गुम्बाका उपाध्यक्ष कृष्ण बहादुर गुरुङ र महासचिव कमल गुरुङले संयोजन गरेको उक्त कार्यक्रममा गोर्खा प्यालेस रेष्टुरेण्टले खाना, हेम बिष्टले साउण्ड, एसके गुरुङले भिडियो र शंकर गुरुङले फोटोग्राफी गरेका थिए ।

बुद्धिष्ट गुम्बा रेडिङ्गका अध्यक्ष ई. खेम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव युवराज गुरुङले हेल्थ एण्ड सेफ्टीको बारे जानकारी दिएका थिए भने योगेश गुरुङ, लक्ष्मी राई, निलम गुरुङ र सूर्य गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!