बिजिडब्लुएसको वार्षिक भेटघाट सम्पन्न

SHARE:

प्रकाश गुरुङ
फार्नबोरो । ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लुएस) को १५ वार्षिक भेटघाट कार्यक्रम ग्रेन्ज स्कुल फार्नबोरो, यूकेमा सम्पन्न भएको छ ।

यूकेमा रही नेपाली समाजहरुमा छुट्टै पहिचान राख्ने संस्था बिजिडब्लुएस हो । वार्षिक भेटघाट कार्यक्रम पनि साधारण तर अर्थपूर्ण ढङ्गाबाट मनाउँदै आएको देखिन्छ । तम्बोला, राफल ड्र, बधाई र अध्यक्षको छोटो मन्तव्य मात्र थियो । संस्थाका सदस्यहरु ग्लास्गो, केन्ट, मिडलेन्ड अरु विभिन्न ठाउँहरुबाट आएका थिए । घमाइलो दिन, हरियो चौरमा टाँगिएका ठूल्ठूला पालमुनि बसेर बिबिक्यू चिसो ड्रिङ्स पिउदै मधुरो म्यूजिकको धुनसँगै आआफ्नो समूहमा गफमा मस्त देखिन्थे सहभागी । राफल र तम्बोलाका टिकटहरु बेच्न महिला टोली तम्सीरहेका थिए । आकर्षक पुरस्कारहरु थिए । पहिलो प्राइज एक तोला सुन बिजिडब्लुएसले नै दिएको थियो र अन्यमा ७२० पाउन्ड नगद, ब्लक लेभल हुस्कीदेखि एक बोरा टिल्डा पनि थियो । प्रयोजकहरुमा जिडब्लुपीएल, जीएसएस, एडिएस, युजीएसएस, नगेन्द्र नेम्वाङ, जी२०० गोर्खा ट्याक्सी, टोप पाली, निर्मल शिरिस, भेटघाट रेस्टुरेन्ट, प्यालेस रेन्टुरेण्ट र जीईनर्जी थिए ।

ले.रि. नविन शिव काउन्सिलर, ह.ले. सुनिल राना मगर संघ यूकेका अध्यक्ष, रामकुमार राई र चन्द्र राई उपध्यक्ष किरात राई यायोख्या, रि. क्या. राम पुन अध्यक्ष मगर संघ केन्ट ब्रान्चलाई संस्थाका अध्यक्ष मे रि. टिकेन्द्र दल देवान जेपीले खादा लगाई सफल कार्यकालका लागि बधाई दिए । एभरेस्ट टाइम्सका सम्पादक हरिकुमार गुरुङ, नागरिक खबर डटकम, गोर्खा मिडिया र एभरेस्ट टाइम्ससँग आबद्ध पुर्ण गुरुङ र मिलन तमुलाई पनि अध्यक्षले खादा लगाएर सम्मान गरेका थिए । एनआरएनए यूके अध्यक्षका उम्मेदवार शेरबहादुर सुनार बिजिडब्लुएसका सक्रिय सदस्य हुन् । कार्यक्रममा बोल्दै सुनारले संस्थाबाट भोटको ठूलो आशा राखेको बताए । केही सदस्यहरुले सदस्यता फर्म पनि भरेका थिए । अध्यक्ष देवानले भूपू ब्रिटिस गोर्खाहरुको मुख्य माग समान पेन्सनबारे अब के गर्नुपर्छ र कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे परिवारिक माहोलमा बोलेका थिए । झंै च्यालेन्ज गर्न सकिने बाटो देखेको छु तर सुत्र भनिहाल्दा गल्ती ठाउँमा पुग्न सक्छ । त्यसैले हामी छलफल गरौं र अगाडि बढौं ।

एनआरएनए यूकेको अध्यक्ष उम्मेदवारबारे बोल्दै, “हाम्रै सदस्य उठ्नु भएको छ । राम्रो व्यक्ति हो । मद्दत गर्नु पर्छ ।आपसमा सम्झौता गरेर चुनावमा नगएको भए राम्रो हुने थियो । भोट इन्डिभिज्युल राईट्स हो । यसैलाई भोट हाल्नु पर्छ भन्नु मिल्दैन तर शेर भाइले मद्दत मागेको छ । मद्दत दिनु पर्छ।’

कार्यक्रम सञ्चालन महासचिव छत्र राई र पीआर प्रकाश गुरूङले गरेका थिए । बेलुकीपख खाना खाएपछि सबै स्कुल हलमा नाच्न थाले । र, रमाइलो दिनको अन्त गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!