शेर सुनारद्वारा एनआरएनए युकेको अध्यक्षमा उम्मेदवारी घोषणा, १५ बुँदे प्रतिवद्धता सार्वजनिक

SHARE:

एटा संवाददाता
लण्डन । एनआरएनए युकेका उपाध्यक्ष शेरबहादुर सुनारले एनआरएनए युकेको नयाँ कार्यसमितिको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गत आइतबार ७ जुलाईका दिन अल्डरसटस्थित एम्पायर हलमा उम्मेदवारी घोषणा सभाको आयोजना गरी आफ्रनो ममतामयी आमाको आर्शिवाद लिंदै संघसंस्था अध्यक्ष एवं प्रतिनिधि, आफन्तजन, ईष्टमित्र, साथीभाइ, पत्रकार, शुभचिन्तक र बेलायतवासी नेपालीहरुको बिशेष उपस्थितिमा १५ वुँदे प्रतिवद्धता सार्वजनिक गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले एनआरएनए युकेलाई नयाँ उचाईमा पु¥याउन सबैको राय, सल्लाह र सुझावलाई ह्दयगमन गरी संस्थाको कार्यक्रम र अभियानलाई पूर्ण सफल बनाउनु नै आफ्रनो पहिलो प्राथमिकता रहने, नागरिकताको अभियानलाई निरन्तरता दिने, भूपू गोर्खाजहरुका हकहित संरक्षणार्थ स्थापना भएका संघसंस्थाहरुसँग समन्वय गरी उनीहरुको आवाजलाई सम्बन्धित निकायसम्म पु¥याउन आवश्यक पहल गर्ने, सन् २०२१ मा बेलायतमा हुन लागेको जनगणनामा नेपालीहरुको परिचय खुल्ने गरी ‘नेपाली’ कायम गराउन आवश्यक कदम चालिने, स्थानीय अँग्रेजी समुदायभित्र नेपालको मनोरम दृश्य, प्राकृतिक सौन्दर्य, सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत गौतम बुद्ध लगायतको बिषयमा सक्दो जानकारी गराई विदेशी पर्यटक नेपाल भित्र्याउन हरसंभव प्रयत्न गर्ने, एनआरएनए युकेको आम्दानी वा खर्च दुवैलाई पारदर्शी ढंगले व्यवस्थित रुपमा राख्ने, बेलायतवासी सबै नेपालीहरुले एनआरएनए युकेको स्वतस्फुर्त रुपमा सदस्यता बन्ने वातावरण बनाउन पूरा प्रयास गर्ने, नेपाल हाउस अर्थात एनआरएन भवन बनाउने दीर्घकालिन सपनालाई आफ्रनो कार्यकालमा उच्च प्राथमिकता दिने, बेलायतवासी नेपालीहरुको आर्थिक तथा सामाजिक समस्या समाधान तर्फ समेत आवश्यक ध्यान दिने, अध्ययन, व्यापार वा कामको सिलसिलामा बेलायत आएका नेपालीहरु लगायत भूतपूर्व गोर्खा वृद्धवृद्धा बुबाआमाले भोग्दै आएका विभिन्न समस्याहरुको सही समाधानका लागि आवश्यक सल्लाह र सुझाव दिनका लागि एक ‘हेल्प डेक्स’ स्थापना गर्ने, बेलायतमा बढीभन्दा बढी सफल उद्यमी तथा व्यापारी उत्पादन गराउन सेतुको भूमिका खेल्ने, बेलायतस्थित नेपाली राजदूतावास लगायत बेलायतमा रहेका नेपाली संघसंस्थाहरुसँग समन्वय गरी नेपाल र नेपालीको हितका लागि काम गर्ने, नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नका लागि दोस्रो पुस्ताका युवाहरुबीच थप कार्यक्रमहरु ल्याई नेपालीपन बचाइराख्न आवश्यक पहल गर्ने, आपतकालिन अवस्थामा प्रयोग गर्दै आएको आपतकालिन अक्षय कोष वृद्धिका लागि आवश्यक कार्यक्रम सहित च्यारिटी कार्यक्रमहरुको आयोजना गर्ने, बेलायतवासी युवाहरुलाई अझ सफल, सवल र अनुभवि बनाउन विभिन्न बिषय र क्षेत्रमा विज्ञता हासिल गरेका बेलायतस्थित नेपाली विज्ञहरुसँग समन्वय गराउन आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

बेलायतवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अध्यक्षका प्रत्याशी सुनारले एनआरएनए युकेको स्थापनाकालदेखि नै आफू एनआरएनए युकेसँग आवद्ध हुँदै आएको र सन् २००९ सालदेखिन एनआरएनए युकेको सल्लाहकारको भूमिका खेल्दै, सन् २०१७ मा आठौं कार्यसमितिको उपाध्यक्ष पदमा उत्यधिक मतले बिजयी भई कार्यसमितिले दिएको जिम्मेवारी वहन गरेको बताए ।

साथै, उनले आफू कार्यसमितिमा नरहँदा पनि एनआरएनए युकेले दिएको जिम्मेवारी निभाएको स्मरण गराउँदै आफूले गरेका विभिन्न च्यारिटीमूलक कामको उल्लेख गरे ।
त्यस्तै, उनले आफू लमजुङ्ग समाज युकेको सल्लाहकार, ग्रेटर रसमुर नेपाली कम्युनिटी युकेको संस्थापक कोषाध्यक्ष, पूर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार, यति नेपाली एशोसिएशन युकेको पूर्व सल्लाहकार, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बेलायत शाखाको सल्लाहकार, शिव कल्चरल सेन्टर युकेको संस्थापक उपाध्यक्ष एंव वर्तमान सल्लाहकार, चेरीउड स्कुल फार्नबोरो (२००७–२००९) को गर्भनर, गोर्खाज ईन्टेक १९८५ को संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार, सिर्जनशिल नेपाली समाज युकेको संस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक, सयपत्री नेपाली साँस्कृतिक समूह युकेको सल्लाहकार, गोर्खा चौतारी (भूपू गोर्खा) अल्डरसटको आर्थिक संयोजक, आर्थिक गोर्खा आमा समूह (भूपू गोर्खा) अल्डरसटको संयोजक लगायत विभिन्न संघसंस्थामा आवद्ध रहेको बताए ।

कार्यक्रममा एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठी, गोर्खा चौतारीका को–फाउण्डर बेन्टा सामुयल, सशांक शर्मा, कार्यक्रमका प्रमुख संयोजक बोहत गुरुङ, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गी मगर, समाजसेवी विश्वआदर्श पण्डित, पूर्व अञ्चलाधिश उत्तर टमाटा, समाजसेवी शिवजी श्रेष्ठ, काउन्सिलर प्रवेश केसी, तमु धिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, तमुधिं युकेका निबर्तमन अध्यक्ष ज्ञाम गुरुङ, तमु प्ये ल्हु संघका उपाध्यक्ष रणबहादुर गुरुङ, मधेशी संस्थाका पूर्व अध्यक्ष भाग्य नारायण, थर्क सेन, सत्याग्रह सचिव धनबहादुर गुरुङ, गोर्खा आमा समूह अध्यक्ष सेतीमाया गुरुङ, माईली गुरुङ, जनसम्पर्क समिति यूके अध्यक्ष युवराज गुरुङ, पत्रकार चिरन शर्मा, किराँत राई यायोक्खा सल्लाहकार रत्न राई, मिडल्याण्डबाट आएका दयानिधि सापकोटा, पशुपति पोखरेल, कोशलेश्वर ढकाल, गोमा पौडेललगायतले सुनारलाई शुभकामना दिएका थिए ।

आजभन्दा ५६ वर्ष अघि साविक बिचौर गाउँ विकास समिति, हालको दुधपोखरी गाउँपालिका लमजुङ्गमा जन्मिएका सुनारले स्थानीय बागीश्वरी माध्यमिक विद्यालयबाट एस.एल.सी. उत्तिर्ण गरी लमजुङ्गमै पढाईरहेको अवस्थामा सन् १९८५ सालमा दि ब्रिगेड अफ गोर्खाजमा भर्ति भए । १८ बर्षको गोर्खा आर्मीको सेवा सन् २००३ सालमा अवकाश पाएका सुनार एनआरएनएको स्थापना भएको साल अर्थात् सन् २००३ साल देखि नै नेपाली समुदायसँग हातेमालो गर्दै आएका छन् ।

यसअघि एनआरएनए युकेका वर्तमान उपाध्यक्षहरु प्रेम गाहामगर र पुनम गुरुङले घोषणासभाको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारीको दावी सार्वजनिक गरिसकेका छन् । त्यस्तै, वर्तमान उपाध्यक्ष शुसिला राईले समेत अध्यक्ष पदको घोषणाका लागि आउँदो आइतबार १४ जुलाईका दिन सभाको आयोजना गर्दैछिन् । लमजुङ समाज युकेका निवर्तमान अध्यक्ष बोहत गुरुङको प्रमुख संयोजकत्वमा सम्पन्न कार्यक्रमलाई कर्मा पहाडी शेर्पाले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!