रामबजार सोसाईटीले दसौं वार्षिकोत्सव मनाए

SHARE:

एटा संवाददाता

लण्डन । रामबजार सोसाईटी युकेले आप्mनो स्थापनाको दसौं वार्षिकोत्सव मनाएको छ । गत शनिबार ६ जुलाईका दिन अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी डिनरका साथ वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा संस्थापक रामबहादुर गुरुङ, प्रमुख सल्लाहकार क्या.रि. चन्द्र बहादुर पुन, सल्लाहकार एवं पूर्व प्रअ महेश गुरुङ (गोदवा) लगायत संस्थापकहरुले आजीवन सदस्य लगायतलाई सोसाईटीको स्थापनाकालदेखि संस्थालाई दिंदै आएको अतुलनीय योगदानलाई कदर गर्दै बिशेष सम्मान गरिएको थियो । त्यस्तै, हालै विभिन्न बिषयमा उच्च शिक्षा हाँसिल गरेका विद्यार्थीहरुलाई हौसला स्वरुप सम्मान गरिएको थियो ।

साथै, ब्रिटिश आर्मीमा भर्ति भएकी सोसाईटीकी पूजा गुरुङ, हालै बैबाहिक बन्धनमा बाँधिएकी जोडी तथा उनीहरुको आमाबुबा र फोटोपत्रकार मिलन तमूलाई बधाई तथा सम्मान गरिएको थियो । सोसाईटीले दस वर्ष पूरा गरेको अवसरमा प्रकाशित स्मारिका विमोचन गरिएको थियो । उक्त स्मारिकामा समाजले गरेका विभिन्न कार्यहरु उल्लेख गरिएको छ ।

कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र बिक र गायिका सुनितामी परियारले विभिन्न चर्चित गीतहरु गाएर मनोरञ्जन प्रदान गराएका थिए । त्यस्तै, सोसाईटीका गोपाल गुरुङ (ढासा) तथा बिना गुरुङले आर्कषक नृत्य र श्री गुरुङले गीत समेत प्रस्तुत् गरेका थिए । एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, एनआरएनए युकेका प्रमुख संरक्षक मेजर डमर घले एबिई, तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, पूर्व प्रअ एकेन्द्र गुरुङलगायतको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा रामबजार सोसाईटी युकेका अध्यक्ष जुमकाजी गुरुङले सोसाईटीले गर्दै आएको विभिन्न कार्यहरु बारे जानकारी दिंदै संस्थाको स्थापना कालदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएका सबैलाई धन्यवाद दिए ।

सोसाईटी युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव पहल मान गुरुङले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!