तमुधिं आमा समूहद्वारा ‘रेस फर लाईफ’ मा सहभागिता

SHARE:

एटा संवाददाता
लन्डन । तमुधिं यूके आमा समूहद्वारा ‘रेस फर लाईफ’ मा सहभागिता जनाएका छन् । क्यान्सरलगायत अन्य रोगको विरुद्धमा जनचेतना जगाउने अभिप्रायले गत १४ जुलाई आइतबार रिडिङमा सम्पन्न रेस फÞर लाइफÞको ५ किमि दौडमा तमुधिं आमा समुहका ३७ जना दिदीबहिनीहरुले भाग लिएका थिए ।

सो अवसरमा तमुधिं अध्यक्ष नन्दजङ्ग गुरुङले दिदीबहिनीहरूलाई प्रोत्साहन गर्न उपस्थिति भएका तमुधिं यूके परिवारलगायत डोनेशन दिएका सबै सहयोगी मनहरुप्रति हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरे । सो दिन सबैको सहयोगबाट संकलन रकम ८२७ पाउन्ड क्यान्सर रिसर्च रेस फÞर लाईफका मेनेजरलाई चेक हस्तान्तरण गरेका थिए । मौसमको समेत साथ रहेको सो प्रतियोगितामा आमा समूहले एकदम सजिलो र रमाइलोका साथ ५ के पूरा गरेका थिए ।

तमुधिं यूकेका अध्यक्ष गुरुङ तथा आमा समूहको अध्यक्ष जगतमाया गुरुङ खाना र महासचिव यशोदा गुरुङले पेय पदार्थ उपलब्ध गराएका थिए । साथै, दौडमा बुद्धिष्ट गुम्बा रेडिङ्ग आमा समूह, थाऊजेन्ड बुद्ध रेडिङ्ग र स्यान्डर्स आर्मीका दिदीबहिनीको समेत उल्लेखनीय सहभागिता रहेको थियो । तमुधिं अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, एनआरएनए उपाध्यक्ष पुनम गुरुङ, सल्लाहकारहरु डा चन्द्रबहादुर गुरुङ, क्या चित्र गुरुङ, विनोद गुरुङ, सहकोषाध्यक्ष कमल गुरुङ, बुद्धिष्ट गुम्बा रिडिङका अध्यक्ष ई खेम गुरुङ, उपाध्यक्ष नरबहादुर गुरुङ तथा गुम्बा परिवार, थाऊजेन्ड बुद्धको अध्यक्ष मेजर समुन्द्र गुरुङ तथा गुम्बा परिवार, दिपक गुरुङ लगायतको बाक्लो उपस्थिति रहेको तमुधिं यूके आमा समुहकी महासचिव यशोदा तमुस्योले जानकारी दिइन् ।

तमुधिं यूके आमा समूहले प्रत्येक वर्ष ‘रेस फर लाईफ’ मा सहभागी भई सो बाट संकलित रकम क्यान्सर रिचर्स यूकेलाई सहयोग गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!