शिवशरण गुरुङ
लन्डन । श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको बाह्रौ वार्षिक भेला शनिबार ६ जुलाईका दिन अल्डरसट टोङ्गहाम रोडस्थित एल्डरउड सिनियर स्कुलको हलमा भव्य रुपमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष मेजर समुन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न वार्षिक भेला २०१९ कार्यक्रम समाजका श्रद्धेय जेष्ठ सदस्यद्वय बबरजङ्ग गुरुङ, कर्णबहादुर गुरुङ र अध्यक्ष गुरुङले संयुक्त रुपमा दिप प्रज्ज्वलन गरी शुभारम्भ गरेका थिए । महासचिव राजेस गुरुङले सञ्चालन गरेको कार्यक्रममा स्वस्थ्य र सुरक्षासम्बन्धी उपाध्यक्ष क्याप्टेन पदमबहादुर गुरुङले जानकारी दिए । कार्यक्रमको प्रारम्भमा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएपछि विगत एक वर्षभरि नेपाल र बेलायतमा दिवंगत भएका समाजका सदस्यहरुको मृतआत्मामा चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेका थिए ।
समाजका सदस्यहरु र बेलायतमा रहेका कुस्मा नगरपालिका वडा नम्बर १४ आर्थर डाँडाखर्कका चेलीबेटी र तिनका परिवारहरुको उल्लेख्य उपस्थिति रहेको भेलामा समाजका उपाध्यक्ष क्याप्टेन पदमबहादुर गुरुङले स्वागत मन्तव्य, ज्वाइँ चेलीबेटीहरुको प्रतिनिधित्व गर्दै दुर्लुङ समाज यूकेका अध्यक्ष रक्षेबहादुर गुरुङले शुभकामना मन्तव्य र अध्यक्ष मेजर समुन्द्र गुरुङले धन्यवाद मन्तव्य राखेका थिए ।
धन्यवाद मन्तब्यको क्रममा अध्यक्ष मेजर समुन्द्रद्रगुरुङले विगत तीन वर्षको कार्यकालमा समाजको विभिन्न क्षेत्र तथा पक्षमा विशेष सहयोग गरेका सबै पदाधिकारी, सल्लाहकार, सदस्यहरु तथा चेलीबेटीहरुलाई आभार प्रकाट गर्दै विशेष धन्यवाद दिएका थिए । यसैगरी यस वर्षको भेला आयोजनामा विशेष सहयोग र योगदान गर्ने सबै महानुभावहरु, उपस्थित सबै सदस्यहरु, ज्वाइँ चेलीबेटीहरु तथा परिवारहरुलाई पनि हार्दिक धन्यवाद व्यक्त गरेका थिए । थाउजन्ड बुद्ध यूकेका पनि अध्यक्ष रहेका मेजर समुन्द्रद्रगुरुङले मन्तव्यको क्रममा भेलामा उपस्थित सबैलाई थाउजन्ड बुद्ध यूकेको सदस्यता लिई सहयोग गरिदिन पनि आग्रह गरेका थिए ।
कार्यक्रममा समाजका नयाँ सदस्यहरु, नवविवाहित दम्पती, बेलायती सैनिक सेवामा पदोन्नति भएका सदस्य तथा ज्वाइँचेलीहरु, विभिन्न व्यवसायमा उल्लेखनीय प्रगति हासिल गरेका र शैक्षिक सत्र २०१८ र १९मा विभिन्न विधामा शैक्षिक उपाधि हासिल गरेका सदस्यहरु, ज्वाइँचेलीहरु तथा विद्यार्थीहरुलाई समाजका अध्यक्ष मेजर समुन्द्रद्रगुरुङले हार्दिक बधाई दिँदै खादा ओडाई सम्मान गरेका थिए ।
यसैगरी कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष तथा आगामी गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचनमा अध्यक्ष पदको प्रत्याशीसमेत रहेका पुनम गुरुङ र नेपालबाट बेलायत भ्रमणमा आएका चर्चित गायक कुलेन्द्र बिकलाई अतिथिको रुपमा अध्यक्ष मेजर समुन्द्र गुरुङले खादा लगाई स्वागत तथा सम्मान गरेका थिए । स्वागत तथा सम्मान प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै पुनम गुरुङले आभार र सबैलाई हार्दिक धन्यवाद दिएकी थिइन् । यसको साथै गुरुङले आगामी सेप्टेम्बर महिनामा सम्पन्न हुन गइरहेको गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचनमा अध्यक्ष पदमा प्रत्याशी रहेकाले निर्वाचनमा बिजयी बन्न सहयोग गरिदिन सबैलाई हार्दिक अपिल पनि गरेका थिए ।
कार्यक्रममा अध्यक्ष मेजर समुन्द्र गुरुङको नेतृत्वमा रहेको चौथो कार्यसमितिले तीन वर्षे सफल कार्यकाल पूरा गरी सर्वसम्मतबाट नवनिर्वाचित पाँचौं कार्यसमितिलाई पदभार हस्तान्तरण गरेका थिए । नवनिर्वाचित पाँचौं कार्यसमितिका पदाधिकारिहरु क्रमशः अध्यक्ष क्याप्टेन पदमबहादुर गुरुङ, उपाध्यक्ष जंगबहादुर गुरुङ, महासचिव राजबहादुर गुरुङ, कोषाध्यक्ष बिशाल गुरुङ, सांस्कृतिक सचिव सम्झना गुरुङ, खाध्य संयोजक काजि गुरुङ र मिडिया संयोजक शिवकुमार गुरुङलाई श्रद्धेय जेष्ठ नागरिक अकलादेवी गुरुङले खादा लगाएर हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना दिएका थिए ।
पदभार ग्रहणपश्चात् मन्तव्य राख्ने क्रममा नवनिर्वाचित अध्यक्ष क्याप्टेन पदमबहादुर गुरुङले श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको नेतृत्व गरी समाजसेवा गर्ने अवसर प्रदान गरेको सबैलाई धन्यबाद दिँदै विगतका कार्यक्रमहरुको निरन्तरतासहित थप उत्साहकासाथ नयाँ दृष्टिकोण र योजनाहरु लिएर समाज र गाउँको विकासलाई अझ सम्मृद्धि र उचाईतर्फ लैजाने प्रतिबद्धता ब्यक्त गरेका थिए । समाजका हरेक योजना र कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्न सबैको सामूहिक सहयोग अपरिहार्य रहेको बताउँदै सहयोगको निम्ति सबैलाई हार्दिक अपिल गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष क्याप्टेन पदमबहादुर गुरुङले अध्यक्ष मेजर समुन्द्रद्रगुरुङको नेतृत्व रहेको चौथो कार्यसमितिको तीन वर्षे कार्यावधि सफलतापूर्वक पूरा भएको बताउँदै सबल नेतृत्व प्रदान गरी समाजलाई गरेको योगदान र समाज सेवाका निम्ति अध्यक्ष लगायत चौथो कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै खादा लगाएर बिदाइ गरेका थिए ।
कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफर यूके लिमिटेडका प्रबन्ध निर्देशक करमबहादुर गुरुङले बैंकिङ कारोबार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफर यूके लिमिटेडको बारेमा र मोर्गेज एडभाईजर प्रसन्न गुरुङले घर खरिदको महत्वपूर्ण पाटो मोर्गेज तथा पिपल मोर्गेज लिमिटेडको बारेमा उपस्थित सबैलाई महत्वपूर्ण तथा ज्ञानवर्दक जानकारी दिएका थिए ।
खाद्य संयोजक काजी गुरुङको संयोजनमा दिपक गुरुङको केटरिङ सर्भिसले भेलामा विभिन्न परिकारका स्वादिष्ट खानाको व्यवस्थापन गरेको थियो भने नवनिर्वाचित अध्यक्ष क्याप्टेन गुरुङले स्वर्गीय आमाको स्मृतिमा कार्यक्रमको सम्पूर्ण पेय पदार्थको व्यवस्थापनसहित प्रायोजन गरेका थिए ।
कार्यक्रममा नेपालबाट बेलायत भ्रमणमा आएका बहुचर्चित कलाकार कुलेन्द्र बिकले थुप्रै लोकप्रिय गीतहरु गाएर सबैलाई नचाएका थिए । वर्तमान नेपाली गीत, संगीतको क्षेत्रमा सर्वाधिक युट्युब भिवर रहेको सालको पात टपरी हुने बोलको लोकप्रिय गीत सबैको अनुरोधमा गायक बिकले चार पटक गाएका थिए । मनोरञ्जनका निम्ति सांस्कृतिक सचिव दुर्गाबहादुर गुरुङको संयोजनमा समाजभित्रकै स्थानीय कलाकार सम्झना गुरुङ र स–साना नानीहरुले मनमोहक नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।
मनोरञ्जनकै निम्ति महासचिव राजेश गुरुङको संयोजनमा एक तोला सुन प्रथम पुरस्कार, दुई सय पाउन्ड दोस्रो पुरस्कार र एक सय पचास पाउन्ड तेस्रो पुरस्कार रहेको राफल ड्र पनि सञ्चालन गरिएको थियो । राफल ड्रको प्रथम पुरस्कार एक तोला सुन मथुरा गुरुङले जितेकी थिइन् । राफल ड्र कार्यक्रम सँगसँगै सपन राईको म्युजिक सिस्टम तथा डिजेमा उपस्थित सबैले नाचेर कार्यक्रमको अन्तसम्म भरपुर मनोरञ्जन गरेका थिए ।
बिहान ११ः३० बजे आरम्भ भएको वार्षिक भेला २०१९ अर्को वर्ष सोही स्थानमा ११ जुलाई २०२० मा आयोजना गर्ने घोषणसहित सम्पूर्ण कार्यक्रम बेलुकाको ९ बजे अन्त भएको थियो ।






