आउँदो शनिबार तनहुँ समाजको समर बिबिक्यु, प्रिति आलेको विशेष प्रस्तुति हुने

SHARE:

एटा संवाददाता
लन्डन । तनहुँ समाज यूकेले आउँदो शनिबार २० जुलाईका दिन समर बिबिक्यु कार्यक्रम आयोजना गरेको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ फार्नबोरोस्थित सामुयल कोडी स्पेलिष्ट स्पोट्र्स कलेजमा दिउँसो १२ बजेदेखि राति १० बजेसम्म संचालन हुने कार्यक्रममा मनसुधन थापा, पवन राना, प्रिति आले र सविता राना मगर लगायत स्थानीय कलाकारले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गर्ने भएका छन् ।

बेलायतस्थित तनहुँ जिल्लावासीहरुको छाता संगठन तनहुँ समाज यूकेले विभिन्न च्यारिटीमूलक कार्यसमेत गर्दै आएको छ । एकअर्कामा भेटघाट गर्ने, सुखदुःखको कुरा गर्ने, बिबिक्यु लगायत परिकारमा रमाउने, संगीतमा झुम्दै मनोरञ्जन गरिने कार्यक्रममा सहभागी भइदिनका लागि सम्पूर्ण बेलायतवासी तनहुें तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अध्यक्ष लेख गुरुङ लगायत कार्यसमितिले हार्दिक अनुरोध गरेका छन् ।
कार्यक्रमका लागि १२ वर्षमुनिका लागि १० पाउन्ड, जेष्ठ नागरिकलाई १३ पाउन्ड र अरुलाई १५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!