सविन्द्रकुमार गुरुङ
लन्डन । बुद्धिष्ट गुम्बा रेडिङ्गकी महिला तथा दिदीबहिनीहरुले क्यान्सर रिसर्च यूकेको सहयोगार्थ ५ के रेस फर लाईफ दौडमा भाग लिएकी छन् ।
गत आइतबार १४ जुलाईका दिन रेडिङ्गस्थित प्रोस्पेक्ट पार्कमा सम्पन्न ५ के दौडमा बुद्धिष्ट गुम्बा रेडिङ्गकी ४७ जना महिलाहरु सहभागी थिए । बिहान ११ बजे सुरू भएको दौडमा सहभागी महिलाहरुलाई हौसला दिन बुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष ई खेमबहादुर गुरुङ, उपाध्यक्ष नरबहादुर गुरुङ, महासचिव कमल गुरुङ लगायत थुप्रै रेडिङको बाबाआमाहरुले साथ दिए । क्यान्सरविरुद्ध लड्न सहभागी भएको दौडमा बुद्धिष्ट गुम्बा रेडिङको तर्फबाट संयोजक राजकुमारी गुरुङ, अध्यक्ष ई खेमबहादुर गुरुङ, उपाअध्यक्ष नरबहादुर गुरुङ, महासचिव कमल गुरुङबाट ९१७ पाउन्ड ५१ पेन्सको चेक क्यान्सर रिसर्च यूकेको प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।
बुद्धिष्ट गुम्बा रेडिङ्गकी राजकुमारी गुरुङले संयोजन गरेको दौडमा मिनकुमारी गुरुङले खानाको प्रबन्ध मिलाएकी थिइन् ।






