एनआरएनए यूकेको अध्यक्षमा सुशीला राईले उम्मेदवारी दिने, ७ बुँदे प्रतिवद्धता सार्वजनिक

SHARE:

एटा संवाददाता
लन्डन । एनआरएनए यूकेकी वर्तमान उपाध्यक्ष सुशीला राईले नवौं कार्यसमितिको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

उनले गत आइतबार १४ जुलाईका दिन अल्डरसटस्थित एम्पायर हलमा ‘उम्मेदवारी घोषणसभा’ आयोजना गरी सो जानकारी गराएकी हुन् । ‘सबै प्रवासी नेपालीका लागि एनआरएन’ भन्ने मूल नाराका साथ ७ बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै अध्यक्षकी प्रत्याशी राईले, २००७ सालका क्रान्तिनायक हजुरबुवा स्वर्गीय रामप्रसाद राईलाई स्मरण गर्दै उनको प्रेरणाले आफू सानैदेखि सामाजिक कार्यमा लाग्न उर्जा मिलेको बताइन् । साथै, नेपालका विभिन्न संघसंस्था हुँदै आपूm बेलायत आएपछि एनआरएनए यूकेको महिला संयोजक र उपाध्यक्षको भूमिकामा रहेर काम गर्ने अवसर पाएको जनाइन् ।

गैरआवासीय नेपाली संघ यूकेका अग्रज तथा अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अध्यक्षकी प्रत्याशी राईले गैरआवासीय नेपाली संघको उत्पत्ति थलो बेलायतस्थित एनआरएनए यूके सशक्त र एकतावद्ध बन्न नसकेको गुनासो आइरहेको बताउँदै, ‘गैरआवासीय नेपाली संघलाई बहुसंख्यक आम प्रवासी नेपालीसित जोड्न, उनीहरुलाई यो संस्था र अभियान हाम्रो पनि हो भन्ने भावना जागृत गर्न मैले यसपटक गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’ भनिन् ।

तेह्रथुममा जन्म भई विराटनगर घर भई सन् २००७ सालदेखि परिवारसहित अल्डरसटमा बस्दै आएकी राईले गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) महिला समिति मोरङको संस्थापक अध्यक्ष, किरात राई यायोख्या विराटनगर प्रारम्भिक समितिको सदस्य, सुम्निमा सांस्कृतिक परिवार विराटनगरको अध्यक्ष, महिला क्षमता विकास केन्द्रद्रसहकारी संस्था विराटनगरको कोषाध्यक्ष, एबीसी नेपाल विराटनगरको सदस्य, मकालु यातायात सहकारी लिमिटेडको संचालक समिति सदस्य, सामुदायिक फोहोरमैला व्यवस्थापन समितिको सदस्यलगायत संघसंस्थामा आवद्ध भएर काम गरिसकेको बताइन् ।

उनले आपूm एनआरएनए यूके महिला फोरमको संयोजक हुँदा फोरमद्वारा आयोजित च्यारिटी कार्यक्रमबाट संकलित रकम १० लाख ८७ हजार रुपियाँ चेतना समूहद्वारा घुक्र्यौली–२ सर्लाहीमा सञ्चालित द्वन्द्वपीडित अनाथ गृहका लागि सहयोग हस्तान्तरण गरिएको, दैलेखका आङ खस्ने समस्याबाट पीडित महिलाहरुका लागि सहयोग संकलन गरी १ हजार पाउन्ड नेपाल पठाइएको, यस्तै, सुदूरपश्चिमको डोटी जिल्लाका आङ खस्ने समस्याबाट पीडित महिलाहरुको उपचारका लागि १ हजार ७०० पाउन्ड सहयोग संकलन गरी गैरआवासीय नेपाली संघको जर्मनीमा भएको युरोप भेलामा तत्कालीन केन्द्रीय महिला संयोजक सपिला राजभण्डारी र सहसंयोजक रजनी प्रधानलाई हस्तान्तरण गरिएको जानकारी दिइन् ।
एनआरएनए यूकेको वर्तमान उपाध्यक्ष एवं भैपरी तथा राहत संकलन अनि वितरण समन्वय विभागको संयोजकको भूमिकामा रहेकी राईले आप्mनो संयोजकत्वमा ब्लड क्यान्सरद्वारा पीडित बालिका क्रिस्टिना सुनुवारको लागि संकलित ५ लाख १ हजार रुपियाँ पीडितका परिवारलाई हस्तान्तरण गरिएको, बारा पर्सामा आएको हुरीपीडितहरुको सहयोगार्थ ४ लाख ११ हजार रुपियाँ संकलन गरी हस्तान्तरण गरिएको र उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको स्वागत तथा भेटघाट कार्यक्रम पनि आयोजना गरिएको बताइन् ।

उनले आफ्नो १२ वर्षको बसाइले प्रवासी नेपालीको पीडा, समस्या, दुःखलाई राम्रोसँग बुझेको र एनआरएन यूके जस्तो संस्थाले के गर्नुपर्छ भन्ने चाल पाएको बताउँदै, ‘अध्यक्ष पदमा उम्मेदवारी दिने आँट गरेको हुँ’ भनिन् । साथै, उनले गैरआवासीय नेपाली संघ यूकेलाई एकतावद्ध, सशक्त र मजबुत बनाउन र यूकेमा रहेका प्रवासी नेपालीका सुखदुखमा दरिलो साथी बनाउन, ‘गैरआवासीय नेपालीको नेपाली नागरिकताको निरन्तरताको विषयलाई कडा रुपमा उठाउने, एनआरएन अन्तर्राष्ट्रिय समितिमार्फत नेपालका राजनीतिक दलहरुमार्फत लविङ गर्ने कार्यलाई सशक्त बनाइ नेपाल सरकारलाई दबाब दिई प्रवासी नेपालीको अधिकार स्थापित गराउन लागिपर्ने, गोरखा भूतपूर्व सैनिकहरुको समान पेन्सन लगायतका मुद्दालाई समाधान गराउन गोरखा भूतपूर्व सैनिक संस्थाहरुसित समन्वय गरी प्रभावकारी रुपमा उनीहरुको समस्यालाई उठाई नेपाल तथा बेलायत सरकारलाई दबाब दिई माग पूरा गराउन पहल गर्ने, बेलायतमा हुर्किरहेका आफ्ना छोराछोरीहरुलाई नेपालसितको निरन्तर सम्पर्कमा राख्न तथा नेपाली कलासंस्कृति, भाषा, पहिरनप्रति आकर्षण जगाउन कार्यक्रम ल्याउने, महिलाहरुको नेतृत्व विकासका लागि कार्यक्रम ल्याउने, बेलायतका नेपालीहरुको साझा घर नेपाल हाउस बनाउने योजनालाई उच्च प्राथमिकता दिई अगाडि बढाउने, कल्याणकारी कोषको स्थापना गर्ने र अंग्रेजी भाषा नबुझ्ने वृद्धवृद्धा बाबाआमाहरुलाई अत्यावश्यक काममा सहयोग गर्नका लागि स्वयंसेवक परिचालन गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
अन्त्यमा उनले, बेलायतमा रहेका सबै प्रवासी नेपाली बाबाआमा, दाजुभाइ, दिदीबहिनीहरुमा गैरआवासीय नेपाली संघ यूकेको यही जुलाई ३१ सम्म सदस्यता लिइदिन हुन र सेप्टेम्बर १४ मा का दिन आफूलाई अमूल्य मत दिनहुन विनम्र अनुरोध गरिन् ।

घोषणासभामा ग्रेटर रस्मोर नेपाली कम्युनिटी अध्यक्ष जीव बेल्वासे, नेपाल आदिवासी जनजाती महासंघ यूके उपाध्यक्ष लिला सेलिंग माबो, नेपाली जनसम्पर्क समिति यूके उपाध्यक्ष कोपिला सुब्बा, मगर संघ यूके उपाध्यक्ष राम गलामी, रस्मोर बरो काउन्सिल काउन्सिलर प्रवेश केसी, गेसो उपाध्यक्ष मानबहादुर गुरुङ, जनप्रगतिशील मञ्च अध्यक्ष सुरेश गौतम, प्रवासी नेपाली मञ्च यूके अध्यक्ष राजेन्द्र पुडासैनी, संखुवासभा जिल्ला समाज यूकेका वरिष्ठ उपाध्यक्ष नैनसिं गुरुङ, तेह्रथुम जिल्ला समाज यूके पूर्वअध्यक्ष सूर्य खापुङ्ग, तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ यूके अध्यक्ष जंग सुनुवार, किरात राई यायोक्खा यूके अध्यक्ष कल्पना राई, किरात माङ्गेना चुम्लुङ्गकी कमला लिम्बू, एनआरएन यूके सचिव उम्मेदवार भोलाविक्रम राई, किरात याक्थुङ्ग चुम्लुङ्ग सल्लाहकार नरकुमारी लिम्बू, नेपाल पत्रकार महासंघ बेलायत वरिष्ठ उपाध्यक्ष धु्रवराज अर्याल लगायतले शुभकामना दिएका थिए । साथै, मिडल्यान्डबाट समेत फोनमार्फत शुभकामना सन्देश पठाएका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ बेलायत अध्यक्ष नरेश खपाङ्गी मगर लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

डा. सुमाया राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रि.वि.चिकित्सा अध्ययन संस्थानकी उपप्रध्यापाक लक्ष्मी राईले प्रत्याशी राईको बाल्यकाल र सामाजिक जीवनबारे जानकारी दिएकी थिइन् भने बिमला लिम्बुले स्वागत मन्तव्य र खुसी लिम्बुले कार्यक्रम सञ्चालन गरेका थिए । प्रत्याशी राईको घाँटीमा समस्या भएका कारण उनको चुनावी प्रतिबद्धता पत्र एनआरएनए यूके पूर्वमहासचिव विजयविक्रम लिङ्देनले पढेर सुनाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!