एटा संवाददाता
लण्डन । ग्रेटर रस्मोर नेपाली कम्युनिटी यूके (जिआरएनसी) को अध्यक्षमा रामधन राई निर्विरोध निर्वाचित भएका छन् ।
गत आइतबार २१ जुलाईका दिन अल्डरसटस्थित टेम्पटेशनमा सम्पन्न जिआरएनसी यूकेको साधारणसभाले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमिति उपाध्यक्षमा रन्जिता मल्ल, नेम थापा, मान गुरुङ र मिया केसी चयन भएका छन् भने महासचिवमा प्रमिला लाबुङ्ग राई, सचिवमा लिला सेलिङ्ग मावो, कोषाध्यक्षमा टोप पल्ली, सहकोषाध्यक्षमा दिपक घले, युवा संयोजकमा निलम राई चयन भएकी छन् । त्यस्तै, सदस्यहरुमा थमबहादुर बिक, जुमकाजी गुरुङ, थमन राना, दिल नेपाली, चन्द्र राई र ध्रुव राई चयन भए ।
कार्यक्रममा महासचिव मान गुरुङले कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्ष तोप पल्लीले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । दुवै प्रतिवेदन साधारणसभाले पारित ग¥यो ।
सो अवसरमा जिआरएनसी यूके पूर्वअध्यक्षहरु मधुकर गुरुङ, रामचन्द्र (सुर्जे) गुरुङ, ओम थापा, सल्लाहकार क्या. वीरबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै, समाजसेवी वेन्डीले नेपालमा गर्न लागिएको च्यारिटीबारे प्रिजेन्टेसन दिएका थिए भने उद्यमी तथा सदस्य मेग गुरुङको जीनर्जीको सेवाबापत प्रत्येक ग्राहकबाट समुदायलाई २० पाउन्ड दिइने जानकारी दिए ।
त्यस्तै, अध्यक्ष जीव बेल्वासेले आप्mनो अध्यक्षतामा रहेको कार्यसमितिलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सिंगो कार्यसमिति, सल्लाहकार, रस्मोरवासी नेपाली लगायत सबैलाई धन्यवाद दिए ।
जिआरएनसी सल्लाहकार एकेन्द्र गुरुङ संयोजकत्वमा सल्लाहकार मेजर कुल थापा, सल्लाहकार क्या.रि. तिर्थमान गुरुङ, पूर्वअध्यक्ष रोहित गुरुङ, निवर्तमान अध्यक्ष ओम थापा, सल्लाहकार बाचस्पति रेग्मी र पदम राई सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी एवं सदस्यहरुलाई शपथग्रहण गराएका थिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष राईले सबैलाई धन्यवाद दिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
जिआरएनसी यूकेका अध्यक्ष बेल्वासेको अध्यक्षतामा सम्पन्न साधारणसभामा वरिष्ठ उपाध्यक्ष रामधन राईले स्वागत मन्तव्य राखेका थिए । महासचिव मान गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।






