माछापुच्छ्रे गाउँपालिका धम्पुस ७ र वेल्स राज्यको ब्रेकनसिटीबीच भगिनी सम्बन्ध कायम

SHARE:

वेल्स, यूके । माछापुच्छ्रे गाउँपालिका धम्पुस ७ र वेल्स राज्यको ब्रेकनसिटीबीच भगिनि सम्बन्ध कायम भएको छ । सो गाउँपालिकाबाट र ब्रेकनसिटि पुगेको नेपाली टोलीलाई स्वागत गरेको छ । नेपाली टोलिलाई भर्खरै मात्र निर्बाचित मेयर काउन्सिलयर अन माथियज, पूर्वमेयर, उपमेयर, जुन भगिनि सम्बन्धको संयोजक मेजर खुसीमान गुरुङ, समितिका पदाधिकारी ब्रेकन, धम्पुस भगिनि सम्बन्ध समितिका कोषाध्यक्ष तथा चेम्बरअफ कमर्सका केन्द्रीय सदस्य यदुनाथ अधिकारी, सरु दाहाल अधिकारी लगाएको टोलिले नयाँ मेयरलाई कार्यकालको सफलताको शुभकामना दिनुभयो दिएका छन् ।

टिम लिडर यदुनाथ अधिकारीले उक्त कार्यक्रमा बोल्दै नेपालमा पनि यहाँ जस्तै ज्ञान, सीप र प्रबिधिको सहयोग आह्वान गर्दै कृषि, हाइड्रो, उधोगमा लगानि तथा नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेपाल भ्रमणको निम्तो दिएका छन् । संयोजक खुसिमान गुरुङले पनि भगिनि सम्बन्धलाई मजभुत बनाउन र धम्पुस गाउँमा पनि ब्रेकनसिटी जस्तै विकास गर्ने सोच छ बाटो, स्कुल, स्वास्थ अनि कृषि साथै पर्यटन क्षेत्रमा सुधार ल्याई गाउँ आफैमा निर्भर बनाउने ईच्छा ब्यक्त गर्दै दुबै पक्ष लाग्न जोड दिए । त्यहाँस्थित मेयरले नेपालको बिकास निर्माण र प्रगतिबारेमा चासो राखेका थिए । सदस्य मन्जु गुरुङ ले भगिनि सम्बन्ध आफ्नो गाउसग भयो यहाँ बस्दा मलाई नेपाल स्थित आफ्नै गाउँ थम्पुस बसेको आवस भएको बताए । समाजसेवी तथा थाहा फाउन्डेशनका अध्यक्ष सरु दाहाल अधिकारीले दुबै सिटिलाई आयोजक बनाएर धम्पुस गाउमा एउटा बृहत जनरल तथा क्यान्सर स्वास्थ शिबिर गरेर सेवा गर्ने कुरा बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!