तनहुँ समाजको भेटघाट सम्पन्न

SHARE:

एटा संवाददाता
लन्डन । तनहुँ समाज यूकेले विविध कार्यक्रमका साथ समर बिबिक्यु कार्यक्रम आयोजना गरेको छ । गत शनिबार २० जुलाईका दिन फार्नबोरोस्थित सामुयल कोडी स्पेलिष्ट स्पोट्र्स कलेजमा सम्पन्न भएको हो । कार्यक्रममा गायक पवन राना, गायिका प्रिति आले र सविता राना मगर लगायत स्थानीय कलाकारहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरेका थिए ।

कार्यक्रममा पहिलोपटक तनहुँ समाज यूकेको कार्यक्रममा पुगेका नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली भाषा, कला र संस्कृति बारे नयाँ पुस्ताका छोराछोरीलाई सिकाउन सुझाव दिँदै नेपाली बीचको एकतामा जोड दिए ।
त्यस्तै, समाजका अध्यक्ष लेख गुरुङले समाजले गर्दै आएको विभिन्न कार्यहरुबारे चर्चा गर्दै दोस्रो पुस्ताका बाबुनानीहरुलाई सहभागी गराउन समस्या रहेको बताए । साथै, उनले समाज च्यारिटी कमिशनमा दर्ता गर्नका लागि प्रक्रियामा रहेको जनाउँदै ३६५ दिनमा १ दिन मात्र समाजलाई दिन अपील गरे । समाजका सल्लाहकार एवं शिव कल्चर एण्ड कम्युनिटी सेन्टर अध्यक्ष रोहित गुरुङले समाजले गर्दै आएको विभिन्न कार्यहरुको प्रशंसा गरे ।

कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ तथा आमा समूह अध्यक्ष जगतमाया गुरुङ, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपाङ्गी, मगर बुद्धिष्ट समाज यूके अध्यक्ष कृष्ण दर्लामी, मगर संघ यूके उपाध्यक्ष राम गलामी, तमु समाज यूके अध्यक्ष शिवचन्द्र गुरुङ, पञ्चासे समाज यूके अध्यक्ष शिवराम गुरुङ, पाल्पाली भञ्ज्याङ्ग यूके अध्यक्ष पूर्वडिएसपी बाचस्पति रेग्मी, ठकुरी समाज यूके अध्यक्ष रामराज मल्ल, पीपल मोर्गेजका लगायतको विशेष उपस्थिति थियो । त्यस्तै, समाजलाई अगाडि बढाउन अहोरात्र खट्दै आएका समाजका मिन राना र गजबीर थापालाई कम्युनिटी अवार्डबाट सम्मान गरिएको थियो । त्यस्तै, समाजलाई आर्थिक सहयोग गर्दै आएका समाजका ७ जना सदस्यलाई फाईन्सियल अवार्डबाट सम्मान गरिएको थियो । साथै, विभिन्न तह र क्षेत्रमा शैक्षिक योग्यता हासील गरेका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।

बेलायतस्थित तनहुँ जिल्लावासीहरुको छाता संगठन तनहुँ समाज यूकेले विभिन्न च्यारिटीमूलक कार्यहरुसमेत गर्दै आएको छ । एकअर्कामा भेटघाट गर्ने, सुखदुखको कुरा गर्ने, बिबिक्यु लगायत परिकारको स्वाद लिदै संगीतमा रम्दै मनोरञ्जन गर्नका लागि प्रत्येक वर्ष समर बिबिक्यु कार्यक्रम आयोजना गर्दै आएको छ ।

समाजका अध्यक्ष लेख गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक केशर रानाले स्वागत मन्तव्य प्रकट गरेका थिए भने सचिव बेदहरि पराजुलीले औपचारिक कार्यक्रम संचालन गरेका थिए । त्यस्तै, यम थापा र मनसुधन थापाले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!