अल्डरसटमा सयपत्री साँझ सम्पन्न

SHARE:

एटा संवाददाता
लन्डन । सयपत्री नेपाली सांस्कृतिक समूह यूकेले विविध सांस्कृतिक कार्यक्रमका साथ सत्रपत्री साँझ आयोजना गरेको छ ।

नेपाली मौलिक कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै आइरहेको सो समूहले गत आइतबार २१ जुलाई साँझ अल्डरसस्थित एम्पायर हलमा बेलायतस्थित नेपाली संगीतप्रेमीहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपाली राष्ट्रिय कलाकार भूमिका गिरी, मदन परियार र मनसुधन थापाले विभिन्न लोक तथा दोहोरी गीतहरु प्रस्तुत गरेका थिए । त्यस्तै, समूहका कलाकारहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत् गरेका थिए । समूहका सदस्यहरुले विभिन्न सांगीतिक धुनहरु प्रत्यक्षरुपमा बजाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालीहरु प्रकृति र संस्कृतिको पुजारी भन्दै नेपाली भाषा, कला, संस्कृति र गीत, संगीत जोगाउनु पर्नेमा जोड दिए । साथै, सयपत्री नेपाली सांस्कृतिक समूह यूके नेपाली संस्कृतिको दूत भएको बताउँदै भन्दै समूहको सांस्कृतिक प्रस्तुतिको प्रशंसा गरे । त्यस्तै, उनले हालै नेपालका प्रधानमन्त्री केपी ओलीको स्वागतार्थ नेपाली राजदूतावास लन्डनमा आयोजित कार्यक्रममा समूहले प्रस्तुत् गरेको नृत्यको स्मरण गरे । बेलायतवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा समूहका अध्यक्ष डमर सिंले समूहले गर्दै आएका विभिन्न कार्यहरुको उल्लेख गदै प्रमुख अतिथि लगायत सबै सहभागीहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरु भूमिका गिरी, मदन परियार, मनसुधन थापा, क्या. वीरबहादुर थापा लगायत समूहलाई विशेष योगदान दिएका विभिन्न महानुभावहरुलाई प्रशंसा पत्रकासाथ सम्मान गरिएको थियो ।
स्मरण रहोस्, सयपत्री नेपाली सांस्कृतिक समूह यूकेले नेपाली कला र संस्कृति नयाँ पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष सांस्कृतिक साँझको आयोजना गर्दै आएको छ ।

सयपत्री नेपाली सांस्कृतिक समूह यूके अध्यक्ष डमर सिंको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव गौरव क्षत्रीले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!