बेलायतमा ‘नेपाल कप’ फुटबल प्रतियोगिता आकर्षण बन्दै

SHARE:

रोशन मेवाहाङ्ग
लन्डन । बेलायती गोर्खा सैनिकहरुबीच मात्र प्रतिस्पर्धा हुने ‘नेपाल कप ६९ संस्करण’ को उपाधि क्वीन्स गोर्खा सिग्नल्सले जितेको छ ।

अल्डरसटस्थित क्विन्स एभिन्यू सैनिक ग्यारिजनको रंगशालामा भएको ‘नेपाल कप’ फुटबल प्रतियोगितामा पहिलो गोर्खा बटालियनलाई १–० ले हराउँदै क्वीन्स गोर्खा सिग्नल्सले उपाधिमाथि कब्जा जमाएको हो । ‘नेपाल कप’ प्रतियोगिताको लिग खेलबाट दोस्रो गोर्खा बटालियन, पहिलो गोर्खा बटालियन, यातायात बटालियन र क्वीन्स गोर्खा सिग्नल्स सेमिफाइनलमा प्रवेश गरेका थिए । गत वर्षका विजेता दोस्रो गोर्खा बटालियनका सपना टुक्रा पार्दै पहिलो गोर्खा बटालियन फाइनल खेलमा प्रवेश गरेका थिए भने यातायात बटालियनलाई हराउँदै क्वीन्स गोर्खा सिग्नल्स फाइनल खेलमा पुगेका थिए ।

क्वीन्स गोर्खा सिग्नल्सका जर्सी नम्बर ८ प्रशान्त तामाङले पहिलो हाफ खेलको ३५ औं मिनटमा ३० यार्डबाट प्रहार गरेका बललाई विपक्ष दलका गोलरक्षकले आंकलन गर्न नसक्दा त्यो प्रहार गोलमा परिणत हुँदै तामाङले गोर्खा सिग्नल्सलाई अग्रता दिलाएका थिए । नितान्त विग्रेड अफ गोर्खाजको प्रायोजनमा हरेक वर्ष हुने नेपाल कप प्रतियोगिता यो वर्ष ६९ औ संस्करण हो ।

बेलायती नेपाली समुदायमा आयोजना हुने सबैभन्दा पुरानो र चर्चित मानिने नेपाल कप नेपालका पूर्वप्रधानमन्त्री मोहनशमशेर जंगबहादुर राणाले गोर्खा विग्रेड भारतबाट स्वतन्त्र भएपछि सन् १९४७ बाट ‘नेपाल कप’ को थालनी गराएका हुन् । यो वर्षको प्रतियोगितामा दोस्रो गोर्खा बटालियन, क्वीन्स गोर्खा इन्जिनियर, तालिम केन्द्र क्याट्ररिक, गोर्खा मण्डले, गोर्खा सिताङ, पहिलो गोर्खा बटालियन, क्वीन्स गोर्खा सिङ्नल, क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्ट, क्लोज सर्पोट टु्रप्स्, गोर्खा स्टाफ पर्सनल सर्पोट कम्पनी (जिएस पिएस), विशिष्ट हतियार स्कुल टेभोलेटो वार्मिनिस्टर, आर्क बटालियन लगायत टिमले रवाफिलो प्रतिस्पर्धा गरेका थिए ।

विग्रेड अफ गोर्खाज मुख्य कार्यलयका परियोजना अधिकृत क्याप्टेन किरण पुनले गोर्खा रेडियोमार्फत खेल तालिका सार्वजनिक गरेका खेललाई दोस्रो गोर्खा बटालियनका क्याप्टेन सञ्जिव राईले सहयोग गर्दै खेलको संयोजक गरेका हुन् । । नेपाल कप विग्रेड अफ गोर्खाजभित्र विशेष महत्वपूर्ण खेलकुद प्रतियोगिता मानिन्छ । प्रवासी भूमिमा रहेका भूपू गोर्खा र तिनीहरुका परिवार, कार्यरत गोर्खा सैनिक साथै नेपालीहरुमाझ भेटघाट र मनोरञ्जन गरिने मुख्य उद्देश्य हुन् । अहिलेको आधुनिक परिवेशमा प्रेमीप्रेमिका, ईष्टमित्र, आफन्त र हितैषी दौंतरीहरुसमेत भेटघाट हुने समावेशीताको चर्को उदाहरण बनेको पाइन्छ । झण्डै ७ हजार दर्शक प्रत्येक वर्ष सहभागी रहने प्रतियोगितालाई विएफ विएस गोर्खा रेडियोका प्रस्तोताहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।

नेपाल कप
दोस्रो गोर्खा बटालियनले सन् २०१३ मा टिम प्रबन्धक वारेन्ट अफिसर अरुणहाङ नेम्वाङको नेतृत्वमा ईतिहासमै पहिलो पटक ‘नेपाल कप’ को उपाधि जिताएका थिए । यो वर्ष भने, दोस्रो गोर्खा बटालियन ब्रुनाई राजदबारका लागि खटिएका कारण बटालियनका उकृष्ट खेलाडीहरुले अभ्यास गर्न समय नभएका कारण यो संस्करणको उपाधि हात पार्ने सपना टुङ्गिएको धेरै दर्शकले आंकल गरिरहेका छन् । शनिबार भएको फाइनल खेलमा पहिलो गोर्खा बटालियन र क्वीन्स गोर्खा सिग्नल्सले फाइनल खेलको प्रतिस्पर्धा गरेका हुन् ।

फाइनल खेलमा क्वीन्स गोर्खा सिग्नल्सका जर्सी नम्बर ८ प्रशान्त तामाङले पहिलो हाफको ३५ आंै मिनटमा पहिलो गोल गर्दै आफ्नो समूहलाई अग्रता दिलाएका थिए । निर्धारित समय ९० मिनेटसम्म पनि विपक्ष समूहमा रहेका पहिलो गोर्खा बटालियनले गोल गर्न नसकेपछि क्वीन्स गोर्खा सिग्नल्सका प्रशान्त तामाङको गोल निर्णायक गोल बनेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रशान्त तामाङ घोषित भएका छन् ।

‘नेपाल कप’ का खेलाडी ४५ वर्षपछि भेटघाट
विग्रेड अफ गोर्खाज हङकङमा रहँदा विशाल प्रतियोगिता हुने पूर्व भूपू गोर्खा विजय लिम्बूले भने, ‘नेपाल कपको उपाधि जित्ने खेलाडीहरुलाई बटालियनका गुल्मपतिले खेल मैदानमै पदोन्नती दिन्थे, जसले गर्दा खेलाडीहरुलाई स्वतः उत्साह र प्रोत्साहन मिल्थ्यो, कालान्तरमा आइरहँदा नेपाल कपको क्रेज घट्दै गएको र खेलकुदमा नभएर काममै धेरै व्यस्तता रहेको कारण ‘नेपाल कप’ चर्चित हुन नसकेको हो ।’ फाइनल खेलको दर्शकदीर्घामा रहेका सुनसरी धरान निवासी लबकुमार राई र बेलायती टेरी रेन अचानक भेट भएका थिए । उनीहरुले ४५ वर्षअघि क्वीन्स सिङ्नलबाट खेल खेलेका थिए ।

महिलातर्फ भलिबल
भलिबल प्रतियोगितामा क्वीन्स गोर्खा इन्जिनियर, क्वीन्स गोर्खा सिङ्नल, क्वीन्स गोर्खा लजेस्ट्रिक र आरजिआर लगायत ४ टिमहरुले रवाफिलो प्रतिस्पर्धा गरेका थिए । महिला भलिबलको उपाधि यो वर्ष आरजिआरले चुमेका छन् । प्रतियोगिता समापन समारोहमा विजेता तथा उपविजेता टीमहरुलाई ‘नेपाल कप’का प्रमुख कर्णेल जेम्स् रविन्सनले ‘नेपाल कप’ र महिलातर्फ भलिबलको शिल्ड र पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको मुख्य आकर्षण
नेपाल कपको थप मुख्य आकर्षण गराउँदै पारासुटबाट नेपाल, बेलायत र विग्रेड अफ गोर्खाजको झन्डा फरफराउँदै पाराजम्परहरु खेलमा खेलिने बल लिएर रंगशालाको सही निसानीमा झरेका दृश्य दर्शकका लागि मुख्य आकर्षण रहेको फुटबल खेलप्रेमीहरु बताउँछन् ।

विग्रेड भेलाको समारोहमा गोर्खा व्रिगेड अफ व्यान्ड र पाइप एण्ड ड्रम्स्को संयुक्त विशेष प्रस्तुति रहेको कार्यक्रममा, नेपाली कलाकारहरुको सामूहिक नृत्य र गायिका प्रिती आलेले सामाजिक सञ्जालमा ख्याति प्राप्त प्रकाश सपुतले गाएका ‘गलबन्दी च्यातियो’ बोलको गीत प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिएकी थिइन् । च्यारिटी तथा व्यापारिक स्टलहरु, गोर्खा ट्रष्ट, गोर्खा म्युजियम, खानाका स्टलहरु, स–साना नानीहरुका लागि मनोरञ्जनात्मक खेल खेलिने स्थान नेपाल कपका मुख्य आकर्षण रहेका थिए । विग्रेड भेलाकोे रुपमा मानिने प्रतियोगितालाई नेपाली दूतावास लन्डन, गैरआवासीय नेपाली संघ बेलायत, नेपाली समुदायहरुले समेत साथ दिँदै आएका छन् ।

बेलायतमा रहेका प्रत्येक नेपालीहरु, नानी केटाकेटी, वृद्ववृद्वा, छोरीचेली र आफन्तहरुमाँझ भेटघाट गर्ने शुभअवसर मिलोस् साथै प्रतियोगिता खेलाडीहरुको केही हदसम्म खेलमा प्रगति होस् साथै खेल खेलेर भरपुर मनोरञ्जन मिलोस् भन्ने उद्देश्यले हरेक वर्ष विगे्रड भेला तथा प्रतिस्पर्धात्मक फुटबल खेल प्रतियोगिताको आयोजना गर्दै आएको नेपाल कपका प्रमुख संयोजक कर्णेल जेम्स् रविन्सनले बताए । स्मरण रहोस्, कर्णेल रविन्सको जन्म सुनसरी धरानमा भएको हो भने बाल्यकाल त्यहीं बितेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!