पीपल चौंथो नेपाल कपको उपाधि क्युजी सिग्नललाई

SHARE:

एटा संवाददाता
लन्डन । पोखरेली मञ्च यूकेद्वारा आयोजित पीपल दुई दिने चौंथो नेपाल कप टी–ट्वान्टी क्रिकेटको उपाधि क्विन्स गोर्खा (क्युजी) सिग्नल क्रिकेट क्लबको हात पारेको छ ।

गत आइतबार २१ जुलाईका दिन रेडिङस्थित रेडिङ्ग क्रिकेट एण्ड हक्की क्लबमा भएको फाइनल खेलमा क्युजी सिग्नलले उपाधि जितेको हो । क्विन्स गोर्खा सिग्नल रमाइलो क्रिकेट क्लबलाई हराउँदै फाइनल पुगेको थियो ।
फार्नबोरो नर्थक्याम्पस्थित पीपल मोर्गेजेज् एण्ड स्टेट एजेन्टस्को मुख्य प्रायोजनमा आयोजित सो खेलमा ८ वटा टिमले भाग लिएका थिए । उनीहरुमध्ये खुकुरी क्रिकेट टिम तथा रमाइलो क्रिकेट क्लब र क्विन्स गोर्खा सिग्नल क्रिकेट क्लब तथा मिडल्यान्ड क्रिकेट क्लब सेमी फाइनलमा पुग्न सफल थिए ।

विजेता क्लबले रनिङ्ग शिल्ड तथा नगद पुरस्कार प्राप्त गर्‍यो । विजेता तथा उपविजेता टिम, स्टार अफ दिन टुर्नामेन्ट, वेष्ट बलर, वेष्ट व्याटमेन लगायतलाई एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, मञ्चका अध्यक्ष मानप्रसाद गुरुङ, मुख्य प्रायोजक पीपल मोर्गेजका डाईरेक्टर सूर्य गुरुङ लगायत पुरस्कार प्रायोजकहरुले ट्रफी, मेडल र पुरस्कार वितरण गरेका थिए ।

पहिलो विजेता क्लबलाई ८०० पाउन्ड, मेडल र प्रमाणपत्र बगर भाइखलक यूकेका अध्यक्ष चन्द्रमान गुरुङ र सदस्यहरुले र दोस्रो पुरस्कार नगद ५०० पाउन्ड, मेडल र प्रमाणपत्र सिटी एक्सप्रेस मनी ट्रान्सफर लिमिटेडले प्रायोजन गरेका थिए । त्यस्तै, स्टार अफ दि टुर्नामेन्टलाई नमस्कार एभेन्ट तथा आश्विन श्रेष्ठले १५० पाउन्ड, मेडल र प्रमाणपत्र प्रायोजन गर्ने भएको छ । त्यस्तै, वेष्ट बलरलाई १०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र र डि एण्ड जे हिटिङ्ग सर्भिसेस्का धनु थकाली तथा जगन गुरुङले वेष्ट व्याटमेनलाई १०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र प्रायोजन गरेका थिए ।

गत आइतबार १४ जुलाईका दिन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले प्रतियोगिता उद्घाटन गरेका थिए । टुर्नामेन्टमा राफल ड्र समेत खेलाइएको थियो । राफल ड्र विजेता कृष्ण गुरुङलाई एक तोला सुन उपहार प्रदान गरिएको थियो । उपहार सिटी एक्सप्रेस मनी ट्रान्सफर लिमिटेडले प्रायोजन गरेको थियो ।

टिम दर्ता शुल्क १५० पाउन्ड उठाइएको टुर्नामेन्टमा साधारणतर्फ प्रवेश निःशुल्क गरिने र भिआईपीतर्फ भने खानासहित २५ पाउन्ड तोकिएको थियो ।

स्मरण होस्, मञ्चका संस्थापक अध्यक्ष क्या. चन्द्रबहादुर पुन तथा उनको बहिनी सरिता पुनको परिवारले आप्mनो ममतामयी आमा भद्रशिला पुनको सम्झनामा क्रिकेट खेलका विजेता टिमलाई रनिङ्ग शिल्डको प्रायोजन गरेका छन् ।
मञ्च अध्यक्ष मानप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न प्रतियोगितालाई खेल संयोजक एवं उपाध्यक्ष करम गुरुङले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!