परशु गुरुङ
लमजुङ समाज यूकेको गृष्मकालीन भेटघाट कार्यक्रम (Summer Party) शनिबार २० जुलाईको अपराह्न Alderwood School Tungham Road, Aldershot को परिसरभित्र समाजका उपाध्यक्ष पूर्णराज गुरुङको संयोजकत्वामा सम्पन्न भएको छ । कार्यक्रम तयारीको लागि फुर्सदमा भएका कार्यसमिति पदाधिकारी र सल्लाहकारहरु कार्यक्रमस्थलमा शनिवार बिहानै तैनाथ भएका थिए । खेलकुद सचिव प्रेमराज गुरुङको संयोजकत्वमा आयोजना गरिएको फुटबल खेलमा युथ टिमको Ex. Bhu Pu-Winner र Lamjung Youth-Runners up, त्यस्तैगरी भेटेरन टिममा TYC Veteran-Winner र LSUK Veteran-Runners up भएका थिए भने महिला भलिबलमाLamjung A Team Winner र Lamjung B Team Runners Up भए । ठेलोमा भेटेरनतर्फ कुलचन्द्र गुरुङ बिजेता र गमबहादुर गुरुङ उपविजेता भए भने युवातर्फ हिरा घले विजेता र तिलक गुरुङ रनरअप भएका थिए ।

नेपाली परम्परा, संस्कृति झल्काउने गाउँघरतिर प्रयोग गरिने सरसामान, क्या.देव घलेको संयोजकत्वामा ब्रिटिस आर्मीमा पहिलेका र हाल अप्रेसन रोलमा प्रयोग गरिने सरसामानहरुको स्टल, Didi London ले टाटनका विभिन्न लत्ताकपडा, पीपल मोर्गेजको सरसल्लाह दिनको लागि धेरै स्टलहरु राखिएका थिए । त्यस्तैगरी नानीहरुको मनोरञ्जनको लागि Bouncing Castle पनि राखिएको थियो । पीपल मोर्गेज फानबोरोले प्रायोजन गरिएको एक तोला सुन प्रथम पुरस्कारसहित १० जना भाग्यमानीहरुको लागि भाग्योदय चिट्ठा पनि समावेश गरिएको थियो ।
सयौं संख्याका आगन्तुकहरुको उपस्थितिमा समाजका सेक्रेटरी परशु गुरुङले संचालन गरेको औपचारिक कार्यक्रममा समाजका अध्यक्ष बिश्वजङ्ग गुरुङले सभापतित्व गरेका थिए । कार्यक्रममा उपस्थित भएका आगन्तुकमध्ये सबैभन्दा बयोबृद्धा गब्ली गुरुङ, समाजका अध्यक्ष बिश्वजंग गुरुङ लगायत संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ, आमा समूहकी अध्यक्ष लक्ष्मी गुरुङ पार्टी संयोजक तथा समाजवादी उपाध्यक्ष पूर्णराज गुरुङद्वारा पानसमा दिप प्रज्वलन गरी जन्मभूमि तथा कर्मभूमि दुवै देशको राष्ट्रिय धुन बजाई आधिकारिक रुपमा कार्यक्रम उद्घाटन गरिएको थियो ।
पार्टी संयोजक तथा उपाध्यक्ष पूर्णराज गुरुङले स्वागत मन्तव्य दिंदै बिभिन्न क्षेत्रमा अभिभारा सम्हालेका सल्लाहकार तथा पदाधिकारीहरु, स्वयंसेवक तथा सम्पूर्ण कार्यक्रममा उपस्थिति भएकोमा सम्पूर्ण जिल्लावासीलाई धन्यबाद दिएका थिए ।
निवर्तमान अध्यक्ष बोहत गुरुङ तथा आमा समूहकी निवर्तमान अध्यक्ष जुना गुरुङलाई मायाको चिनोको उपहारसहित सम्मान गरेका थिए । निवर्तमान अध्यक्षद्वय जुना गुरुङ तथा अध्यक्ष बोहत गुरुङ नेपाली मेला लमजुङ समाजका संयोजक दलबहादुर गुरुङ र एनआरएनए यूकेका अध्यक्षको प्रत्याशी शेर सुनारबाट छोटो मन्तब्य राखेपश्चात् भाग्योदय चिट्ठाको ड्र गराइएको थियो । यस वर्षको भाग्यमानी अर्थात् एक तोला सुनको विजेता अन्जेला गुरुङ भइन् । त्यसपश्चात् अध्यक्ष बिश्वजंग गुरुङले सबै आगन्तुकहरुलाई धन्यबाद दिंदै औपचारिक कार्यक्रम समापन गरे ।
सांस्कृतिक सचिव सादुराम गुरुङको संयोजकत्वमा बाह्रमासे घाँटु, नेपालबाट आएका अतिथि कलाकारहरु जमुना राना, भुमिका शाह र मदन परियार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति र डिजे उमरजंग गुरुङको सांगीतिक धुन रहेको सांस्कृतिक कार्यक्रम पम्फा गुरुङले उद्घोषण गरेकी थिइन् ।






