ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

SHARE:

काठमाडौँ । ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । पारस खड्काको अनुपस्थितिमा कप्तान बनेका ज्ञानेन्द्र मल्लले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ५१ रन बनाएपछि जितको बलियो जग निर्माण भएको थियो । नेपालले ८ ओभरमा ३ विकेटको क्षतिमा ८६ रन बनाएर छनोटमा पहिलो जित हासिल गरेको हो । यसअघि मलेसियाले पहिलो ब्याटिङ गर्दै नेपाललाई ८४ रनको लक्ष्य दिएको छ।

वर्षाका कारण प्रभावित नेपाल र मलेसियाबीचको खेल ९-९ ओभरमा छोट्याइएको थियो। मंगलबार कतारसँग ४ विकेटले पराजित भएको नेपाललाई यो खेल जित्न निकै दबाब छ ।

नेपालका लागि सोमपाल कामीले २ ओभर गरेर ३ विकेट लिन सफल भएपनि उनी निकै महंगा सावित भएका थिए। यस्तै बसन्त रेग्मीले पनि १ ओभर बलिङ गरेर २ विकेट लिएका थिए। नेपालका कुनै पनि बलरले कशिलो बलिङ भने गर्न सकेका थिएनन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!