बेलायती राज्यमन्त्रीद्वारा रेडक्रस भण्डारण कक्ष अवलोकन

SHARE:

भक्तपुर । बेलायतको परराष्ट्र तथा राष्ट्रमण्डल मन्त्रालयअन्तर्गत एसिया प्रशान्त क्षेत्र हेर्ने राज्यमन्त्री मार्क फिल्डले नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखामा रहेको राहत सामग्री भण्डारण कक्ष (कन्टेनर क्षेत्र) को आइतबार एक कार्यक्रमका बीच अवलोकन गरेका छन् ।

दुईदिने नेपाल भ्रमणका क्रममा उनले ‘गोरखा भूकम्प’पश्चात् बेलायत सरकारको सहयोगमा ब्रिटिस रेडक्रससँगको सहकार्यमा स्थापित गोदाम कक्षले भूकम्प प्रभावितलाई पुर्‍याएको सेवा, गोदाम व्यवस्थापन र रक्तसञ्चार सेवाका बारेमा जानकारी लिएका थिए । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले राज्यमन्त्री मार्क फिल्डसहित नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरीस, नेपालस्थित बेलायती रेडक्रसका राष्ट्रिय व्यवस्थापक जिल क्लेमेन्टस्लाई भक्तपुर रेडक्रसले भूकम्पपश्चात् सञ्चालन गरेका प्रतिकार्य कार्यक्रमका गतिविधि र त्यसले समुदायमा पारेका सकारात्मक प्रभावकाबारेमा जानकारी गराएका थिए ।

ब्रिटिस रेडक्रसकी राष्ट्रिय व्यवस्थापक जिलले ब्रिटिस रेडक्रसले सञ्चालन गरेको परियोजनाको बारेमा जानकारी गराएका थिए । भ्रमणका क्रममा उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमका कार्यक्रम व्यवस्थापक रुद्रप्रसाद अधिकारी तथा जिल्ला कार्यक्रम संयोजक दिनेश थापाले गैह्रखाद्य राहत सामग्रीअन्तर्गत वितरण गरिने सामग्रीको सूचीलगायत जिल्ला शाखाको राहत वितरण प्रक्रियाबारे अवगत गराएका थिए ।

प्रकाशित मितिः २३ वैशाख २०७५ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!