विश्व ट्वान्टी–२० एसिया छनोटमा नेपालले कुवेतलाई ७ विकेटले हरायो

SHARE:

काठमाडौँ । नेपालले विश्व ट्वान्टी–२० एसिया छनोटमा शनिबार कुवेतलाई ७ विकेटले पराजित गरेको छ । यससँगैं नेपालको ग्लोबल छनोटमा पुग्ने आशा पनि यथावत नै रहेको छ । कप्तान पारस खड्काले चोटलाई पन्छाउदैं पुनरागमन गरी सानदार इनिङ्स खेल्दै नेपाललाई विजय दिलाएका हुन् ।

सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। नेपालको ३ खेलमा ४ अंक छ। सिंगापुर ३ खेलमा ५ अंक बोकी शीर्ष स्थानमा छ। नेपालले आइतबार सिंगापुरसँगैं खेल्ने छ। यो खेलमा जित्ने टोली ग्लोबल क्वालिफायरमा पुग्ने छ।
पाँच राष्ट्र सहभागि प्रतियोगिताको विजेता राष्ट्र अक्टोबर–नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा पुग्ने प्रावधान छ। कमजोर मानिएको कतारसँग पहिलो खेलमा ४ विकेटले पराजित भएपछि सिंगापुरमा भइरहेको विश्व ट्वान्टी–२० एसिया छनोटमा नेपालको स्थिति अप्ठयारो बनेको थियो।

पारसले ४२ बलमा ६८ रन बनाएपछि नेपालले १५.५ ओभरमै लक्ष्य पुरा गर्यो। उनले कुल ११ चौका र १ छक्का प्रहार गरे। पारसले ३२ बलमै अर्धशतक पुरा गरे। नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले स्तब्ध हुदा पारसले ब्याटिङ गरेपछि ढाडको समस्याका कारण मैदानमा आउन सकेका थिएनन र उनले मलेसियासँगको खेल पनि गुमाएका थिए।

ओपनर ज्ञानेन्द्र मल्ल १३ बलमा २ चौका र १ छक्का प्रहार गरी १९ रनमा कासिफको बलमा आउट भए। कासिफले दीपेन्द्रसिंह ऐरीको पनि विकेट लिए। दीपेन्द्रले १ रनमात्र बनाउन सके। शरद भेषावकर ३० बलमा ४ चौका र १ छक्का प्रहार गरी ३८ र रोहित पौडेल ६ रन बनाई अविजित रहे।

इन्डियन एसोसिएसन मैदानमा यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४१ रन बनायो। मध्यक्रममा ब्याटिङ गरेका कप्तान मोहम्मद कासिफ ४९ रन बनाई अविजित रहे। उनले ३६ बल खेली २ चौका र ४ छक्का प्रहार गरे। उनले इनिङ्सको दोस्रो अन्तिम ओभरमा करण केसीलाई २ र अन्तिम ओभरमा अविनाश बोहरालाई एक छक्का प्रहार गरेका थिए।

त्यस्तै एडनान इद्रिजले २५, एमएनएम अस्लामले २३ र आर सान्दारुवानले १५ रन बनाए। नेपालबाट स्पिनरद्धय वसन्त रेग्मी र सन्दीप लामिछानेले ३,३ विकेट लिए। वसन्तले ४ ओभरमा २० र सन्दीपले ४ ओभरमा २३ रन खर्चे। करणले ४ ओभरमा ४० रन खर्चेर २ र अविनाशले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!