विश्व ट्वान्टी–२० एसिया छनोट : नेपाल सिंगापुरसँग पराजित

SHARE:

काठमाडौँ । नेपाल विश्व ट्वान्टी–२० एसिया छनोटको निर्णायक खेलमा सिंगापुरसँग पराजित भएको छ । आइतबार ८२ रनको फराकिलो हारपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको हो ।

इन्डियन एसोसिएसन ओभल मैदानमा टस जितेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ९२ रनको विशाल स्कोर बनायो। जबाफमा आएको नेपाल १५ ओभरमा १ सय ९ रनमै अलआउट भयो।

राउन्ड रोबिनका पुरै ४ खेलको समाप्तीमा सिंगापुरले ७ अंक बटुलि विजेता बन्यो। पाँच राष्ट्र सहभागि प्रतियोगिताको विजेता राष्ट्र अक्टोबर–नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा पुग्ने प्रावधान अनुरुप सिंगापुरले पहिलो पटक ग्लोबल छनोटमा खेल्ने छ।

दुई खेलमात्र जितेको नेपाल ४ अंकसहित तेस्रो स्थानमा रहयो। नेपाल पहिलो खेलमै कतारसँग ४ विकेटको स्तब्ध हार बेहोरेको थियो। ४ नै अंक भए पनि नेपाललाई रन रेटमा उछिन्दै कतार दोस्रो स्थानमा रहयो।

अस्ट्रेलियाको बिग बासमा पर्थ स्क्रोचर्सबाट खेल्न टिम डेबिडले ४३ बलमा ७७ रन बनाएपछि घरेलु टोली सिंगापुरले विशाल स्कोर बनायो । उनले ८ चौका र ३ छक्का प्रहार गरे । उनले रोहन रंगराजनसँग दोस्रो विकेटमा ८९ रनको साझेदारी गरे । रंगराजनले ३३ बलमा ४९ रन बनाउदा ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै मनप्रित सिंहले २७ बलमा २ चौका र ३ छक्का प्रहार गरी ४२ रन बनाए ।

नेपालका अविनाश बोहराले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । स्पिनर वसन्त रेग्मीले ४ ओभरमा ५४ रन खर्चन पुगेका थिए ।

कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ३ ओभरमा २७ रन जोडी नेपाललाई राम्रै सुरुआत दिलाएका थिए । चौथो ओभरको पहिलो बलमै पारस १२ रनमा आउट भए । पावर प्लेको अन्तिम ओभरमा ज्ञानेन्द्र मल्लले २ छक्का र २ चौका सहित २० रन प्रहार गरे । आठौं ओभरमा ज्ञानेन्द्र २१ बलमा ३९ रन बनाई आउट भए । उनले चार चौको ३ छक्का प्रहार गरे ।

शरद भेषावकर ७, दीपेन्द्रसिंह ऐरी २३, रोहित पौडेल ५, विनोद भण्डारी ९, करण शुन्य, सोमपाल कामी ११ रनमा आउट भए । सिंगापुरका सेलाडोर विजयकुमारले ४ ओभरमा २५ रन खर्चेर ४ र विनोद भास्करनले २ विकेट लिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!