चन्द्र सुन्दास
बेलायत । संगम नेपाली समाज यूकेले बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद सुजाता परियारलाई स्वागत तथा सम्मान गरेको छ ।
उनलाई गत १० जुलाईका दिन अल्डरसटस्थित दि प्यालेस रेस्टुरेन्टमा संगम नेपाली समाज यूकेका पदाधिकारी तथा सदस्यहरुको विशेष उपस्थितिमा स्वागत गरिएको हो ।
कार्यक्रममा अध्यक्ष बुद्धिमान दर्नालले संगम नेपाली समाज यूकेको परिचय दिँदै संस्थाले ९ वर्षसम्म गरेका गतिविधिहरुबारे जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि एवं सांसद परियारले स्वागतका लागि सबैलाई धन्यवाद दिँदै संस्थाले गर्दै आएका उल्लेखनीय कामको खुलेर प्रशंसा गरिन् । साथै, उनले समाजको उत्तरोत्तर प्रगतिको शुभकामना दिएकी थिइन् । समाजका अध्यक्ष बुद्धिमान दर्नालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भने संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्र सुन्दासले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम संस्थाकी महासचिव ज्योति दर्नालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।






