तीन गाउँलेको भेटघाट

SHARE:

लालबहादुर पुन
लन्डन । तीन गाउँले समाज (अर्मन, बरंजा र भकिम्ली) म्याग्दी यूकेले १३ औं वार्षिक भेटघाट कार्यक्रम मनाएको छ ।

गत २० जुलाई शनिबार बेलायतको काउन्सिल अफिस, सान्डस्र्ट मेमोरियल पार्क वर्कसायर हल न्ग्द्धठ ढद्यव् मा तीन गाउँले समाजको भेटघाट कार्यक्रम सम्पन भएको हो । म्याग्दीको धौलागिरि हिमाल काखमा रहेको पारि माछापुच्छ«े हिमाल वरिपरि हरियो वनजंगल आफ्नै आँगनीमा स्वच्छ तातोपानी ताल, चिसो मुहान म्याग्दी ३ गाउँ बरंजा, भकिम्ली र किमचौरका विशेषताहरु हुन् । एकापसमा सहयोग र विशेष नेपालको आफ्ना गाउँठाउँलाई मद्दत पुर्‍याउने उद्देश्यसहित आफ्नै आफन्तले यो ३ गाउँले समाज म्याग्दी समाज गठन भएको हो ।

तीन गाउँले समाजले आयोजना गरेको दोस्रो खुला भलिबल प्रतियोगिता बिहान ११ बजेदेखि सुरु गरी ३ बजेसम्म सम्पन्न भएको थियो । ४ टिम सहभागिता भएको प्रतियोगितामा यो वर्षको ३ गाउँले समाज भलिबल विजेता एकेन्द्र पुन, लालु पुन, गङ्गा गुरुङ र मनिष खड्काको टिमलाई ३ गाउँले समाजका अध्यक्ष थम रोका, प्रमुख अतिथि मोना यूकेका अध्यक्ष दल जुग्लाली र बिमा समाज यूकेका अध्यक्ष कृष्ण जुग्जाली तथा मालिका गाउँपालिका सचिव मोना यूकेका ट्रस्टी साम गुरुङले पहिलो, दोस्रो, तेस्रो र चौथो पुरस्कार हस्तान्तरण गरे ।

दिउँसो साढे २ बजे पार्टी हलमा प्रवेश भएपछि हेल्थ एन्ड सेफ्टी ब्रिफिङ सहयोजक निवर्तमान अध्यक्ष बेल बुढाथोकीले दिएका थिए । भेटघाट कार्यक्रममा समाजका उपाध्यक्ष होम रोकाले स्वागत मन्तव्य दिएका थिए । क्रमशः समाजका अध्यक्ष थम रोका, जेष्ठ नागरिक मान्यजन पुनराम पुन र प्रमुख अतिथि मोना यूकेका अध्यक्ष दल जुग्जालीद्वारा दिप प्रज्ज्वलन तथा विशिष्ट अतिथि ह्याइद्रो कम्पनीका अध्यक्ष विनोद कनुवार सिङ्घा, अतिथि ह्याइद्रो कम्पनीका महानिर्देशक इन्जिनियर हर्कमान घर्ती, निर्देशक ज्ञानेद्र थापा, निर्देशक क्याप्टेन दलबहादुर भट्टचन, अतिथि नेपाल इन्जिनियर सोसाइटी यूकेका अध्यक्ष तेजिन्द्रद्ररोका, मगर संघ यूकेका उपाध्यक्ष लालबहादुर पुन, बिमा समाज यूकेका अध्यक्ष क्रिषण जुग्जाली, सल्लाहकार गणेश बुराथोकी, बेल बुराथोकी, हर्कराज रोका, कर्ण रोकालगायत सम्पूर्ण अतिथिहरुले एक साथमा रिबन काटेर समुद्घाटन गरेका थिए । यस्तैगरी नेपालका चर्चित कलाकार कुमार पुन र कुमार चेपाङलाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।

करिब ३५० जनाको क्षमता रहेको हलमा समाजका चेलीबेटी, ज्वाइँचेला र गाउँलेहरुले भरिएको थियो । आफन्त धेरै दिनपछि भेटेका, टाढाटाढाबाट बार्षिक भेटघाट कार्यक्रममा आएका, रमाइलो कुराकानी हुँदाको क्षण भएर नै होला माहोल भिन्न देखिन्थ्यो ।

मोना यूकेका अध्यक्ष दल जुग्जाली प्रमुख अतिथितिको शुभकामना मन्तव्यको साथमा हाइड्रो कम्पनीका अध्यक्ष विनोद कनुवार तथा कम्पनीका प्रमुख निर्देशक इन्जिनेर हर्कमान घर्तीले हाइड्रो कम्पनीको उद्देश्यबारे संक्षिप्त जानकारी गराए । म्याग्दीका भूपू सांसद नरबहादुर पुन, इन्जिनियर सोसाइटी यूकेका अध्यक्ष इन्जिनियर तेजिन्द्र रोकाले शुभकामना मन्तव्यसहित आफू एनआरएनए यूकेको सेप्टेम्बरमा हुने १९ र २१ को अधिवेशनमा कोषाध्यक्ष पदमा उठ्ने बताए ।

बिबिध मनोरञ्जनात्मक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा नयाँ सदस्यहरुलाई स्वागत, सम्मान तथा विभिन्न समाजमा भित्र सफल कार्यहरु गर्ने सदस्य, विद्यार्थीहरु, नवदम्पतीलाई अध्यक्षले खादा लगाई बधाई दिँदै सम्मान गरेका थिए ।
तीन गाउँले समाज यूकेका अध्यक्ष थम रोकाको अदक्ष्यतामा सम्पन्न वार्षिक भेटघाटमा सचिव भक्त रोकाले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!