एटा संवाददाता
लन्डन । सहारा यूकेले ‘बालबालिका भविष्यका कर्णधार’ भनाइलाई चरितार्थ गराउने उद्देश्यका साथ ओपन डेको आयोजना गरेको छ । ६ देखि १४ वर्ष उमेर समूहका बच्चाहरुलाई लक्षित गरेर ‘ओपन डे’ गत शनिबार २७ जुलाईका दिन फार्नबोरोस्थित कोप फुटबल स्टुडियममा आयोजना गरिएको हो । बेलायतका विभिन्न सहरहरुबाट ३५ जना बालबालिकाहरुले ओपन डेमा सहभागी भई फुटबल खेलेका थिए ।
टुर्नामेन्टमा बालबालिकाका लागिमात्रै नभई अभिभावक वा सिनियरले फुटबल खेलेका थिए । विभिन्न नेपाली परिकारको स्वाद लिँदै मनोरञ्जनका साथ आयोजना गरिएको ओपन डे मा २८ जना बालबालिकाहरुले आप्mनो दर्ता गरिएको भए तापनि ३५ जना सहभागी भई खेल खेलेका थिए ।
एक दशकभन्दा बढी समयदेखि बेलायतमा फुटबल विकासको क्षेत्रमा क्रियाशील सहारा यूकेले पहिलोपटक आयोजना गरिएको ओपन डे मा बेलायतवासी नेपाली, भारतीय र स्थानीय वासिन्दाहरुले आ–आप्mनो बच्चालाई लिई आएको सहारा महासचिव धनु थकालीले जानकारी दिए । हमसायर एफएबाट फुटबल डेप्लोमेन्ट म्यानेजर क्रीस स्मीथ र ह्मसायर एफएका एजुकेशन अफिसर एलेक्सको विशेष उपस्थिति रहेको थियो । उनीहरुले बालिबालिकाहरुलाई कोचिङ्ग र ट्रेनिङ्ग गराई खेलसमेत खेलाएका थिए । त्यस्तै, सहारा यूकेका कोचिङ्ग क्वालीफाईड युथ स्पोर्टस् कोर्डिनेटर सन्दिप उपाध्यक्ष, स्पोर्टस् सेक्रेटरी कुमार थापा र सञ्जीवले बालबालिकाहरुलाई प्रशिक्षण गराएका थिए ।
कार्यक्रममा सहारा एफसी अध्यक्ष कृष्ण गुरुङ लगायत सहारा यूकेका पदाधिकारी तथा सदस्यहरु र सल्लाहकारहरुले कार्यक्रम सम्पन्न गर्नका लागि विशेष भूमिका खेलेका थिए । सहारा एफसी सिईओ मनोज गुरुङको संयोजकत्वमा सम्पन्न ‘ओपन डे’ मा सहारा यूके अध्यक्ष कुमार गुरुङले विशेषगरी बालबालिका, अभिभावक, सहारा एफसी टिम, छैटों कार्यसमितिका सदस्यहरु, उपस्थित सदस्य आजीवन तथा सल्लाहकारहरुलाई विशेष धन्यवाद दिएका थिए ।
त्यस्तै, पूर्वअध्यक्ष एवं सहारा पोखराका मानार्थ सदस्य दिलीप गुरुङले ‘ओपन डे’ को उद्देश्यबारे जानकारी दिएका थिए भने महासचिव धनु थकालीले कार्यक्रम सञ्चालन गरेका थिए ।
स्मरण होस्, सहारा यूकेले सन्डे लिग लगायत विभिन्न खेलमा खेलाडीहरुलाई सहभागी गराउँदै पछिल्लो समय सहारा एकेडेमीको अवधारणा अघि ल्याएको छ । सोही अवधारणाअनुरुप सो ओपन डे को आयोजना गरिएको हो ।






