चारभन्ज्याङ तमु समाज यूकेमा नयाँ नेतृत्व

SHARE:

एटा संवाददाता
लन्डन । चारभन्ज्याङ तमु समाज यूकेको पाँचौ कार्यसमिति अध्यक्षमा मदनप्रसाद गुरुङ निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष गुरुङ यसअघि उपाध्यक्ष थिए ।
माइतीघर अल्डरसटमा अध्यक्ष मेजर कृष्णबहादुर गुरुङको सभापतित्वमा भएको वार्षिक साधारणसभाले मदनप्रसादको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष कृष्णबहादुर गुरुङ, महासचिव युवान गुरुङ, सचिव यामबहादुर गुरुङ, कोषाध्यक्ष जगत गुरुङ, सहकोषाध्यक्ष कमल गुरुङ छन् ।

यस्तै कार्यक्रम संयोजक बेनकुमार गुरुङ, सहसंयोजक बिजय गुरुङ, सांस्कृतिक सचिव बुद्ध घले, सहसचिव प्रकाश गुरुङ, खेलकुद सचिव नरबहादुर गुरुङ, सहसचिव हितमान घले, प्रोपर्टी सचिव लालकाजी गुरुङ, वेबमास्टर अभियान गुरुङ र युथ कोअर्डिनेटर सरून गुरुङ निर्विरोध चयन भएका छन् । आमा अध्यक्ष र चेलीबेटी संयोजक नयाँ कार्यसमितिले चयन गर्ने बताइएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई समाजका संरक्षक नारायण कोन्मेले पद गोपनियताको शपथग्रहण गराएका थिए । साथै संरक्षक कोन्मेले उनीहरुलाई खादा र फेटा लगाएर सम्मान पनि गरेका थिए ।

कार्यसमिति चयन गर्नुअघि वार्षिक साधारणसभा पानसमा बत्ति बालेर संरक्षक नारायण कोन्मे र अध्यक्ष मेजर कृष्णबहादुर गुरुङले संयुक्त रूपमा गरेका थिए । उपाध्यक्ष मदन गुरुङले उपस्थिति सबैलाई हार्दिक स्वागत धन्यवाद व्यक्त गरेका थिए । बैठकमा संरक्षक नारायण कोन्मे, संस्थापक अध्यक्ष ले नारायणप्रसाद गुरुङ बिएमई र निवर्तमान अध्यक्ष हले चन्द्रबहादुर गुरुङले सफलताको शुभकामना व्यक्त गरेका थिए । बैठकमा कार्यक्रम सञ्चालकसमेत रहेका महासचिव दुर्गाबहादुर गुरुङले समाजको गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष कृष्ण गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सौहार्दपूर्ण वातावरणमा वार्षिक साधारणसभा बिबिध समसामयिक विषयहरुमा छलफल र केन्द्रित हँुदै महासचिव र कोषाध्यक्षको प्रतिवेदन सर्बसम्मत पास भएको थियो ।

प्रथम सत्र समापनपश्चात् पुरानो कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति गठन गर्न निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन आयुक्त ज्ञाम गुरुङ, कृष्णबहादुर घले, ले कुशाङकुमार गुरुङ, मुख्य सल्लाहकार क्या कृष्णबहादुर गुरुङ, टेकबहादुर गुरुङ र संरक्षक नारायण कोन्मेलाई जिम्मेवारी दिइएको थियो । समाजको विधानअनुसार २५ जना कार्यसमितिको लागि सम्पूर्ण पदमा सहमतिबाट नै गठन प्रक्रिया अगाडि बढेको थियो ।

चौथो कार्यसमितिलाई पनि संरक्षक कोन्मेले खादाले सम्मान गर्दै समाजप्रति उनीहरुले पुर्‍याएको योगदानको कदर र प्रशंसा गरेका थिए । चौथो कार्यसमितिलाई पुर्‍याएको सहयोगप्रति हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दै अध्यक्ष मेजर कृष्णबहादुर गुरुङले नयाँ कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष गुरुङले सबैलाई धन्यवाद ब्व्यक्त गरेका थिए । साथै समाजको विधानअनुसार कुनै कुरामा आँच नआउने गरी नयाँ कार्यसमितिले काम गर्ने अठोट व्यक्त गरे ।

सल्लाहकारहरु क्या कृष्णबहादुर गुरुङ, टेकबहादुर गुरुङ, ज्ञाम गुरुङ, ले कुशाङकुमार गुरुङ, हरि गुरुङ, ले नारायणप्रसाद गुरुङ बिईएम, हले चन्द्रबहादुर गुरुङ, कृष्ण घले र युवान गुरुङले समाजको हितमा सल्लाह सुझाव दिएका थिए । आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका निवर्तमान अध्यक्ष मेजर कृष्णबहादुर गुरुङले कार्यभार हस्तान्तरण गर्दै नवनिर्वाचित अध्यक्ष गुरुङ तथा पाँचौ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरेका थिए । बैठकमा आमा समूह, दिदीबहिनीहरुको बाक्लो उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!