मिस्टर यूके नेपाल बने मनन मास्टर क्याटोगोरीतर्फ खगेन्द्र

SHARE:

एटा संवाददाता
फार्नबोरो । ब्रेकन यूकेमा बस्दै आएका मनन गुरुङ मिस्टर यूके नेपाल बन्न सफल भएका छन् । उनी गत शनिबार २७ जुलाईका दिन यूके नेपाल इन्टरनेश्नल फेडेरेशन बडीबिल्डीङ्ग लिगद्वारा आयोजित ‘बडीबिल्डीङ्ग च्याम्पियनसीप २०१९’ प्रतियोगिताको ओभरअल क्याटोगोरीतर्फ उत्कृष्ट हुनुभई ‘मिस्टर यूके नेपाल–२०१९’ बन्न सफल भएका हुन् ।

पोखरा बगर स्थायी घर भएका गुरुङले ६ जनासँग प्रतिस्पर्धा गर्दै उत्कृष्ट बनेका हुन् । २९ वर्षीय मननले गत ५/६ वर्षदेखि आफूले गर्दै आएको ‘मिहेनतको फल हो’ भन्दै खुसी व्यक्त गरे । त्यस्तै, प्रतियोगितामा लन्डनका सागर बिक फस्ट रनरअफ बने भने फार्नबोरोका तारा गुरुङ सेकेण्ड रनर अफ बन्न सफल भए ।

ओभरअल र मास्टर गरी ११ जना प्रतिस्पर्धीले भाग लिएको च्याम्पियनसीपको मास्टर क्याटोगोरीतर्फ लन्डनका ४८ वर्षीय  खगेन्द्र गुरुङ विजेता बने भने कोल्चेस्टरका क्याप्टेन उमेश पुन फस्ट रनरअफ र टिथवर्थका नेत्र फगामी सेकेण्ड रनरअफ बन्न सफल भए ।

दुवै क्याटोगोरीतर्फ प्रथम, दोस्रो र तेस्रो भएका प्रतियोगीहरुलाई एनआरएनए अध्यक्ष योगकुमार फगामी लगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, आयोजक बडीबिल्डीङ्ग लिगका अध्यक्ष सुक गुरुङ लगायत पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, पुरस्कार प्रायोजकहरुले ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरे ।

कार्यक्रममा एनआरएनए अध्यक्ष फगामीले प्रमुख अतिथिको आशनबाट बडीबिल्डीङ्ग लिगले गर्दै आएको कामको प्रशंसा गर्दै आभार व्यक्त गरे । त्यस्तै, बडीबिल्डीङ्ग लिगका अध्यक्ष सुक गुरुङले ‘स्वास्थ्य नै मूल सम्पत्ति हो’ भन्दै आफूहरुले प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

प्रतियोगितामा मिस्टर यूके नेपाल बिशन गुरुङ (२०१४) र मिस्टर यूके नेपाल हिमाल भुजेल (२०१८) ले गेष्ट पोज दिएका थिए । त्यस्तै, कार्यक्रममा गायिका प्रिति आले, मोडल अनिता लिम्बु र यूके डान्स अफ (२०१६) जेनी सुनुवारले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरेकी थिइन् ।

प्रतियोगिताको त्रीस पोर्टर र होल्यन्ड जर्जियोले निर्णायकको भूमिका खेलेका थिए भने दीपू गुरुङले साउन्ड सिस्टम र बडीबिल्डीङ्ग लिगका सदस्यहरुले स्वयंसेवकको भूमिका निभाएका थिए ।
यूके नेपाल इन्टरनेश्नल फेडेरेशन बडीबिल्डीङ्ग लिगका अध्यक्ष सुक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सूर्य गुरुङले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!