तमु प्ये ल्हु संघ यूकेको वार्षिक भेटघाट

SHARE:

एटा संवाददाता
फेल्थहाम । तमु प्ये ल्हु संघ यूकेको वार्षिक भेटघाट सम्पन्न भएको छ ।

गत शनिबार २७ जुलाईमा फेल्थहाम कम्युनिटी सेन्टर लन्डनमा विभिन्न कार्यक्रमसाथ तमु प्ये ल्हु संघको भेटघाट कार्यक्रम भएको हो । तमुहरुको परम्परानुसार नेपालमा श्रावण महिनाभरी खेगी गुरु, पच्यु, क्ल्हेप्री गुरुहरुबाट हरेक घर घरमा नराम्रो ग्रह शान्ति त्हेँ हरु गर्ने, चोखो थासोँ त्हेँ हरु गर्ने, घर रोकबार त्हेँ हरु गर्ने जस्तो चलन छ । बेलायत जस्तो व्यस्त सहरमा पनि तमु प्ये ल्हु संघले हरेक वर्ष ६–६ महिनाको अन्तरमा तमुहरुको महान् पर्व पुस १५ को ल्होसारको शुभअवसरमा र श्रावण महिनाको समर भेटघाट कार्यक्रमको अवसर पारेर सामूहिक रुपमा दुईवटा ठूल्ठूला त्हेँ हरु गर्दै आएको छ । त्यसअनुसार त्यस दिन बिहानैदेखि पच्यु गुरुहरुबाट छ्योपा त्हेँ र क्ल्हेप्री गुरुहरुबाट चोखो थासोँ वाबै त्हेँ बाट सुरु गरिएको थियो । त्हेँ को प्रायोजन तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष्या रि.मेजर खुशीमान ल्हेंगे तमु तथा श्रीमती मञ्जु टु क्ल्हेप्री तमुले गरेका थिए ।

पूजा जग्गेदेखि लिएर कार्यक्रमको हरेक क्षेत्रमा तमु प्ये ल्हु संघ यूके आमा समुहका अध्यक्ष बिस्नु टु क्ल्हेप्री तमुको निर्देशनमा सम्पूर्ण आमा समूहले ठूलो सहयोग गरेका थिए । त्यस्तै ड्रिंक्स र खानातर्फ तृत्तीय उपाध्यक्ष पूर्ण क्रोम्छे तमु र उनको टिमले सञ्चालन गरी सहयोग पुर्‍याएको थियो । त्यस्तै ईन्टरटेन्मेन्ट राफल ड्रो र नाचगानतर्फ द्वितीय उपाध्यक्ष पूर्ण क्रोन्छे तमु र ईन्टरटेन्मेन्ट सचिव जुम टु क्ल्हेप्री तमु र उनीहरुको टिमले सहयोग गरेको थियो ।

पाहुनाहरुको स्वागत सत्कार तथा टिकेटिङतर्फ कोषाध्यक्ष दिलीप तेलमैं तमु तथा उनकी श्रीमती बबिता प्ह्च्यु तमुुसहितको समूहले सहयोग गरेका थिए । नयाँ सदस्यता दर्ता तथा कोइँबो धिँ निर्माणको लागि सहयोग गर्न चाहने मनकारी सदस्य महानुभावहरुलाई स्वागत गर्न कोइँबो धिँ निर्माण संयोजकका कोषाध्यक्ष रिटाएर क्याप्टेन दुतमान तमु र तमु प्ये ल्हु संघ यूकेका सहसचिव यामबहादुर ल्हों तमुसहितको समूहले सहयोग गरेका थिए ।

बिहानको पूजा कार्यक्रम सकिएपछि प्रसाद तथा टिपनटापनको साथमा बाहिर खुल्ल चउरमा तमु प्ये ल्हु संघ यूकेका युथ समूहले विभिन्न मनोरन्जनात्मक कार्यक्रम खेलहरु आयोजना गरेर कार्यक्रमलाई थप रमाइलोमय बनाएको थियो । त्यसपछि तमु प्ये ल्हु संघ यूकेका महासचिव खेम सर्बूजा तमुले सञ्चालन गरेको दोस्रो कार्यक्रममा प्रथम उपाध्यक्ष रनबहादुर टु क्ल्हेप्री तमुले सबैलाई स्वागत गर्दै स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी गराएका थिए भने पच्यु पैंडी चिव यार्जुङ क्रोम्छे तमुले पूजा त्हेँ को बारेमा सबैलाई प्रस्ट पारी सबैलाई आशिमलाँ दिए ।

कोइँबो धिँ निर्माण कमिटी संयोजक रिटायर क्याप्टेन डेमबहादुर योजा तमु र अध्यक्ष रिटायर मेजर खुशीमान ल्हेंगे तमुले कोइँबो धिँ निर्माण संयोजक समुह र तमु प्ये ल्हु संघ यूकेका आमा समूहको संयुक्त सहयोगमा कोइँबो धिँ निर्माण तथा विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्ने विभिन्न व्यक्तित्वहरु, संघ संस्थाहरु तथा नयाँ सदस्यता लिने महानुभावहरुलाई संयुक्त रुपमा सम्मान गरेका थिए । सम्मानपश्चात् अध्यक्षले सो दिनको पार्टीको बारेमा विस्तृत जानकारी गराउँदै पार्टी सफल पार्न हरेक क्षेत्रबाट सहयोग गर्ने सबै सदस्यहरुलाई धन्यवाद दिएका थिए ।

अन्तमा ईन्टरटेन्मेन्ट सचिव जुम टु क्ल्हेप्री तमुले सञ्चालन गरेको विभिन्न किसिमका रमाइलो नाचगान कार्यक्रममा तमु प्ये ल्हु संघ यूके आमा समूहका अध्यक्ष बिष्णु टु क्ल्हेप्री तमु तथा उनको श्रीमान् कुल प्हच्यु तमुको जोडदार प्रस्तुति थियो । त्यसैगरी नेपाल भर्खरै मात्रा यूके आइपुगेका सानी नानी खुसी तमुको मनमोहक प्रस्तुतिले कार्यक्रमलाई अझ रमाइलो बनाउन सफल रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!