
एटा संवाददाता ।
लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकले नयाँ कार्यसमिति चयनका लागि एनआरएनए युकेका प्रमुख संरक्षक मेजर डमर घले एमबिई नेतृत्वमा निर्वाचन मण्डल गठन गरेको छ । सो निर्वाचन समितिको प्रमुख आयुक्तमा डमर घले एमबिई , सहप्रमुख आयुक्तमा शिवजी श्रेष्ठ, सचिवमा नरेश खपांगी, कोषाध्यक्षमा दुत पुन र आयुक्तमा कर्ण शाही, चिरन्जीवी ढकाल, राष्ट्र राई, सिरी लिम्बु, प्रो. डा. सुमाया राई, राजु कडेल, बिकाश रडपाईलि, नेम थापा, मेजर कृष्ण बहादुर गुरुङ चयन भएका छन् । २८ जुलाईका दिन संघको आफ्नै कार्यालयमा बसेको कार्यसमितिको तेह्रौ बैठकले सो निर्वाचन समिति गठन गरेको हो ।
साथै, सो बैठकले एनआरएन युकेको आउदो अधिबेशन १० अगस्टमा तथा निर्वाचन १४ सेप्टेम्बेरमा सम्पन्न गर्नको लागि विभिन्न महत्वपूर्ण निर्णयहरु सर्वसम्बतबाट पारित गरेको छ । गैर आवासीय नेपाली संघको जननी, हाम्रो चाहना नेपाल र नेपलीको सुख एवं समृद्धि’ भन्ने उद्घोषका साथ आगामी १० अगस्ट शनिबारको दिन फार्नबोरो अवस्थित भिलेज होटेलमा दिनको १० देखि ५ बजे सम्म गैर आवासीय नेपाली संघ युकेको अधिबेशन संचालन हुने भएको हँुदा गैर आवासीय नेपाली संघ युकेका सम्पूर्ण पंजीकृत सदस्यहरुलाई यसै समाचार मार्फत उपस्थितिको लागि बिनम्र अनुरोध पनि गरिएको छ ।
गैर आवासीय नेपाली संघ युकेको सदस्यता बन्ने अन्तिम मिति ३१ जुलाई साँझको ८ बजे सम्म रहेको हुदा सबै महानुभावहरुलाइ समयमै सदस्यता बन्न हार्दिक अनुरोध गरेको छ । सो समय पश्चात प्राप्त सदस्यता फारमहरु गैर आवासीय नेपाली संघ युकेको सदस्यता बनेता पनि १४ सेप्टेम्बेर २०१९ मा हुने निर्वाचनमा भागलिन असमर्थ हुनुहुनेछ । गैर आवासीय नेपाली संघ युकेको इतिहासमै पहिलो पटक एन सी सी यु के को साथमा ४ वटा राज्य समिति स्कटल्याण्ड, वेल्स, नर्दन आएरयाण्ड र इंगलैंडको निर्बाचन सेप्टेम्बर १४ तारिकको दिन एकैसाथ हुने भएको छ ।
आगामी निर्वाचनमा गैर आवासीय नेपाली संघ युकेको मतपत्र तथा नर्दन आएरल्याण्ड, स्कटल्याण्ड, वेल्स, इंगलैंड राज्य समन्वय समितिका पधादिकारीहरु को मतपत्र गरि दुइ फरक फरक मतपत्र हुने निर्णय भएको छ । हरेक मतदाताले राष्ट्रिय समन्वय परिषद तथा राज्य समन्वय परिषद गरि दुइ अलग अलग मतपत्रमा मतदान तथा उम्मेदवार छनोट गर्ने अधिकार पाउने छन् ।
गैर आवासीय नेपाली संघ युकेको उम्मेदवार शुल्क तोकिएको छ । अध्यक्ष १५००, उपाध्यक्ष ११००, महासचिब ११००, सचिब ८५०, कोषाध्यक्ष ८५०, सहकोषाध्यक्ष ८००, युवा संयोजक ८५०, महिला संयोजक ८५० र सदस्यका लागि ४५० पाउड तोकिएको छ । त्यस्तै, अन्तरास्ट्रिय परिषद प्रतिनिधि पदको लागि १५०० पाउण्ड शुल्क निर्धारण गरिएको छ । साथै, स्कटल्याण्ड, वेल्स, नर्दन आएरल्याण्ड र इंगलैंड राज्य समन्वय परिषदका अध्यक्षका लागि ४५०, उपाध्यक्ष ३००, सचिब २००, सहसचिब १५०, कोषाध्यक्ष २००, सहकोषाध्यक्ष १५० र सदस्यका लागि १०० पाउण्ड तोकिएको छ ।
त्यस्तै, आगामी ३–४ अगस्टमा हुन गैरहेको बार्हौ यूरोपियन क्षत्रिय बैठक इटालीको रोममा हुन गैरहेको हुदा सो सम्मेलन को लागि गैर आवासीय नेपाली संघ युकेले १००० यूरो सहयोग गर्ने निर्णय भएको छ ।
एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न बैठकलाई महासचिब राज कुमार त्रिपाठीले संचालन गरेका थिए । उक्त बैठकम उपाध्यक्षहरु शेर सुनार, प्रेम गाहा, पुनम गुरुङ, ललित न्यौपाने, सुशीला राई, प्रवक्ता रमेश सराङ्गकोटी, रामचन्द्र पोख्रेल, शिव कंडेल, राजन खकुरेल, बिष्णु खरेल, पवन शर्मा, अर्कराज तिम्सेना, जीत रानाभाट, सुरोज मास्के, नारायण कंडेल, मोहन कार्की, होमनाथ पौडेल, एल बि जेड गुरुङ, मनिष खड्का लगायतको बैठकमा उपस्थिति रहेको प्रवक्ता रमेश सराङ्गकोटीेले जानकारी दिए ।






