नेपाल भ्रमण वर्ष २०२० लक्षित बेल्समा ‘हाईक फर नेपाल’ [तस्बिरहरु]

SHARE:

लन्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ब्रेकन, बेल्समा ‘हाईक फर नेपाल’ आयोजना गरिएको छ । पोखरेली मञ्च यूके र We Will Rise फाउन्डेशनको संयूक्त तत्वावधानमा विगतका वर्षहरुमा झैं यो वर्ष पनि हाईक फर नेपाल आयोजना गरिएको हो । अगस्टको २ शुक्रबारदेखि सुरु भएको हाइक फर नेपाल ४ तारिखसम्म चल्ने छ ।

हाईक फर नेपालमा यो वर्ष ३०० जतिको सहभागिता रहेको मुख्य संयोजक मेजर खुशीमान गुरुङ एमभिओले बताए ।हाईक फर नेपाल क्याम्पिङ्ग र हाईकिङ्गको आयोजना गर्नुको मुख्य उद्देश्य र लक्ष्य स्थानीय पर्यटकलाई नेपालको बारेमा थप परिचित गराउनु रहेको आयोजकले जनाएको छ । साथै बेलायतभरी छरिएर रहेका नेपालीहरुलाई एकै सुत्रमा बाँधी एक नेपालीले कम्तीमा चार/पाँच पर्यटकलाई नेपाल भित्र्याउन सक्ने वातावरणको सिर्जना गर्नु पनि रहेको छ ।

साधारणतया क्याम्पिङ्गमा आफैले खानपानलगायत धेरै कुराको बन्दोबस्त मिलाएर गएका छन् ।

 

तस्बिर : मिलन तमु

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!