सुरु भयो हाईक फर नेपाल

SHARE:


एटा संवाददाता ।
लन्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ब्रेकन, बेल्समा गत शुक्रबार २ अगष्टबाट शुरु भएको ३ दिने ‘हाईक फर नेपाल’ अन्र्तगतको ५ माईल हाईक शनिबार बिहान ११.३० देखि शुरुभएको छ । सो हाईक फर नेपालका मुख्य संयोजक मेजर खुशीमान गुरुङ एमभिओले शनिबार बिहान हाईकिङ्ग एरिया, हेल्थ एण्ड सेफ्टी, बाटोको अवस्था बारे जानकारी दिएका थिए ।
करीब ३०० जनाभन्दा बढीको सहभागीता रहेको हाईकमा हिड्नलाई सहज होस् भन्ने उद्देश्य अनुरुप ८०/८० जनाको समूहमा हिडिरहेको हाईकमा रहेका वरिष्ठ फोटोपत्रकार मिलन तमुले जानकारी दिए । पोखरेली मञ्च यूके र वि विल राईज फाउन्डेशनको संयूक्त तत्वावधानमा विगतका वर्षहरुमा झैं यो वर्ष पनि हाईक फर नेपाल आयोजना गरिएको हो । उक्त्त हाईकिंग आइतबार समापन हुनेछ । 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!