याक्थुङ समाजको अध्ययन विश्वविद्यालयमा हुनुपर्ने

SHARE:

अमित याक्थुम्बा
आसफोर्ड (बेलायत) । याक्थुङ समुदायमा रहेको ज्ञान र सीपलाई बचाइराख्न विश्वविद्यालयस्तरमा अध्ययनको व्यवस्था हुनुपर्ने अभियन्ताहरूले जोड दिएका छन् । समुदायबारे प्राज्ञिक अनुसन्धान गर्न विश्वविद्यालयमा पाठ्यक्रम नै बनाएर अध्ययन अध्यापन हुन सके संरक्षण अभियानले सार्थकता पाउने उनीहरूले बताएका छन् ।

लिम्बुवान नागरिक समाज यूकेले केन्टको आसफोर्डमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै डा. मारोहाङ खवाहाङले लिम्बु समुदायको इतिहास लेखन याक्थुङ पहिचान र याक्थुङ लाजेकालबाट खोजिनुपर्ने बताएका छन् । लिम्बुवान नागरिक बहस श्रङ्खलाको दोस्रो भागअन्तर्गत प्रस्तुत भएका डा. खवाहाङले विधागत हिसाबले याक्थुङ लेखनको विकास गर्नुपर्ने राय राखेका हुन् । ‘संसारभर छरिएर रहेका याक्थुङहरूको भूराजनीतिक अवस्थालाई हेरेर इतिहासको लेखन र अध्ययन हुनुपर्छ । युनिभर्सिटीमा विषयका रूपमा पढिनुपर्छ,’ उनले भने, ‘समुदायले पहिचानलाई सांस्कृतिक तहदेखि प्राज्ञिक तहसम्म जोड्नुपर्छ ।’

डा. मारोहाङले सिरिजङ्गा लिपि तिब्बती र अन्य हिमाली लिपिभन्दा फरक भएको समेत दाबी गरे । उनले सन् १९२५ सम्ममा सिरिजङ्गा लिपि भनिँदै आएकोमा सन् १९२८ देखि किरात लिपि भनेर प्रचार सुरु भएको तथ्य अगाडि सारे । उनले गोरखाली शासकहरूले नीति र समरिती दुई फरक सिद्धान्त मान्ने गरेकै कारण बाजवीर थलङजस्ता अभियन्ताहरूलाई देशनिकाला र फाल्गुनन्दलाई छुट दिएको प्रष्ट्याए ।

पौने एक घण्टाको प्रस्तुतिमा उनले सिरिजङ्गा लिपि, उत्पत्ति र अवरोध र याक्थुङ लाजेको राजनीतिक इतिहास लेखनबारे बोले । डा. मारोहाङ अमेरिकाको पश्चिम मिचिगन विश्वविद्यालयमा एसोसिएट प्रोफेसरका रूपमा प्राध्यापन पेसामा संलग्न छन् ।

बहस कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल आदिवासी जनजाति महासङ्घ यूकेका संस्थापक अध्यक्ष सिरी साम्यूले याक्थुङ समुदायमा पछिल्लोपटक देखा परेको विवाद समाधानका लागि प्राज्ञिक वर्गले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । त्यस्तै, नेपाली सङ्घीय समाज यूकेका नेता लोकेन्द्र तबेबुङले याक्थुङ समुदायलाई ह्यामिल्टनजस्ता विदेशी अनुसन्धाताले समेत किरात जातिभन्दा बेग्लै समूहमा वर्गीकरण गरेर इतिहास लेखेको विचार राखे । अर्का वक्ता याक्थुङ चुम्लुङका पूर्वअध्यक्ष डम्मर सिङ्गकले साम्योको विवादबीच पनि समुदायले मौलिक संस्कृति जर्गेनाका पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

यसैगरी, चुम्लुङ सहसचिव सानु सुब्बाले ऐतिहासिक थातथलो र स्थलहरूको संरक्षणका लागि समुदायले योजनाबद्ध रूपमा कार्यक्रमहरू ल्याउनुपर्ने सुझाइन् । अर्का, अतिथि चुम्लुङ आसफोर्ड अध्यक्ष टङ्क येङ्देनले निकट भविष्यमा बेलायतवासी याक्थुङहरूलाई लक्षित गरेर सांस्कृतिक सम्मेलन आयोजना गर्ने आफूहरूको सोँच रहेको बताए ।

कार्यक्रममा विश्लेषक विजय लुम्फुङ्वा, चुम्लुङ केन्द्रीय सदस्य पूर्ण मादेन, लिनासका पूर्वअध्यक्ष नरेन्द्र मावोहाङ, युमा साम्यो महासभा यूकेका उपाध्यक्ष दिल पालुङ्वा, सङ्घीय लिम्बुवान मञ्चका नवराज काम्वाङ, युवा मिडियाकर्मी शिशिर याक्थुङ्वा लगायतले धारणा राखेका थिए । डा. मारोहाङ र विभिन्न वक्ताहरूका विचारमाथि लिनासका मिडिया सचिव अमित थेवेले टिप्पणी गरे ।

यसअघि, लिनासका तर्फबाट अध्यक्ष छत्र वनेमले डा. मारोहाङ, थातथलो साँस्कृतिक चलचित्रका निर्देशक खगेन्द्र पङ्धाक, नायिका सुमी लिवाङलाई आ–आफ्नो क्षेत्रमा योगदान दिएबापत सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रम महासचिव लाहाङ चेम्जोङले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!