एटा संवाददाता
लन्डन । साउथ ईष्ट रिजनल तमुधिं लन्डनले कफी अफ्टरनुन कार्यक्रम आयोजना गरेको छ । गत २७ जुलाईका दिन रिजनल तमुधिं लन्डनको भवनमा विशेषगरी सो क्षेत्रका जेष्ठ नागरिकहरुको सम्मानमा आयोजना गरिएको हो ।
जेष्ठ नागरिकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा स्थानीय प्लमस्टिडस्थित गोर्खा क्लबका सञ्चालक मनिषकुमार श्रेष्ठ तथा अनु श्रेष्ठले भोजनदान गरेका थिए । सो अवसरमा अध्यक्ष गुरुङले उनीहरु दुवैजनालाई संस्थाको लोगो अंकित खादा लगाई स्वागत गरेका थिए । त्यस्तै, सिनियर सिटजन तथा पूर्व आमा प्रमुख मायारानी गुरुङ र चन्द्रद्रकलाले समेत स्वागत गरे ।
कार्यक्रममा अत्यन्त ज्ञानवद्र्धक तथा सन्देशमूलक नेपाली चलचित्र तयुमतीसमेत प्रदर्शन गरिएको थियो । चलचित्र मनिषकुमार श्रेष्ठले निर्माण तथा अभियान गरेका छन् । सो अवसरमा मनिषकुमार श्रेष्ठले हामी जहाँ रहे पनि आफ्नो भाषा, कला, संस्कृति, भेषभुषा र संस्कारलाई कहिल्यै बिर्सनु नहुने बताए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष गुरुङले कार्यक्रम सफल बनाउन विशेष भूमिका खेल्ने कार्यसमितिका पदाधिकारी एवं सदस्य र उपस्थित महानुभावहरुलाई धन्यवाद दिए । त्यस्तै, उनले निःशुल्क भोजनदान तथा चलचित्र प्रदर्शनका लागि मनिषकुमार श्रेष्ठ तथा अनु श्रेष्ठलाई हृदयदेखि नै धन्यवाद दिएको सहसचिव चन्द्रदेवी गुरुङले जानकारी दिएकी छन् ।
हिराप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सहसचिव चन्द्रदेवी गुरुङले स्वागत मन्तव्य तथा संचालन गरेकी थिइन् ।






