पञ्चासे समाज यूकेको भेटघाट सम्पन्न

SHARE:

एटा संवाददाता
अल्डरसट । पञ्चासे समाज यूकेको विविध कार्यक्रमका साथ भेटघाट सम्पन्न भएको छ । गत २७ जुलाईका दिन फार्नबोरोस्थित ग्रेन्ज जुनियर स्कुलमा सम्पन्न भएको हो । कार्यक्रमलाई संस्थापक अध्यक्ष दानबहादुर गुरुङ र समाजका अध्यक्ष शिवराम गुरुङले उद्घाटन गरेका थिए ।

पर्वत पञ्चासे (राम्जा, चित्रे, रापूँ) बाट बेलायत आइबसेका पञ्चासेहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा समाजका अध्यक्ष शिवराम गुरुङले युनिभर्सिटीबाट हालै ग्रेजुएट गरेका विद्यार्थीहरुलाई खादा लगाई बधाई दिएका थिए ।

हरिकुमार गुरुङले सञ्चालन गरेको कार्यक्रममा नेपालबाट आएका विशेष अतिथि पूर्वप्रअ दण्डराज पौडेललाई सम्मान गरिएको थियो । विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कलाकार कुलेन्द्र बिक लगायतले गीत तथा नृत्य प्रस्तुत् गरेका थिए । राफल ड्र समेत गरिएको कार्यक्रममा राफल ड्र विजेताहरुका लागि समाजका विभिन्न महानुभावहरुले पुरस्कार प्रायोजन गरेका थिए ।

समाजका अध्यक्ष शिवराम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नवराज तमुले स्वागत मन्तव्य दिएका थिए भने महासचिव जयबहादुर तमुले कार्यक्रम सञ्चालन गरेका थिए । त्यस्तै, पिए सिस्टममा आरकुमार तमु र किस्मत तमुले विशेष भूमिका खेलेका थिए भने कोषाध्यक्ष तेज तमुले आय–व्यय प्रस्तुत् र आरकुमार गुरुङले सेफ्टी ब्रिफ गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!