संघीय लिम्बुवान सामाजिक मञ्च यूकेको वार्षिक साधारणसभा सम्पन्न

SHARE:

नगेन्द्रराज नेम्वाङ
आस्फोर्ड, केन्ट । गत ३ अगस्ट शनिबारका दिन आस्फोर्डस्थित क्रिष्टचर्च हलमा संघीय लिम्वुवान सामाजिक मञ्च यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि वरिष्ठ सल्लाहकार देवीबहादुर तुम्बाहाङफे कार्यक्रममा उपस्थित जेष्ठ नागरिक मानप्रसाद सुहाङ्ग लिम्बु र अध्यक्ष टंक खापुङले सामूहिक रुपमा दिप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । वरिष्ठ उपाध्यक्ष रामकुमार लिङ्देनले हेल्थ एण्ड सेफ्टी सुरक्षासम्बन्धी सचेत गराउँदै सुरु गरिएको पहिलो चरणको कार्यक्रममा किरात याक्थुङ चुम्लुङ (कियाचु) यूकेका अध्यक्ष तिलबिक्रम सम्बाहाङ्फे र निरन्तर नागरिकता प्राप्ति अभियानका संयोजक सन्तोष थलङले शुभकामना मन्तव्य राखेका थिए ।

कियाचु आस्फोर्ड शाखाका अध्यक्ष टंक येङ्देनले सायरी र केन्द्रीय सदस्य दलप्रसाद योङयाले कविता वाचन गरेका थिए । कियाचु फोल्कस्टोन शाखा पूर्वअध्यक्ष मानबहादुर चोङबाङ र नागरिक समाज यूकेका सल्लाहकार राजेन्द्र खिम्दीङ्गले संघीय लिम्बुबान र नागरिक समाजको सिद्धान्त तथा उद्देश्यबारे प्रस्ट्याएका थिए । साथै, अभियानलाई सशस्त ढंगले अघि बढाउन आर्थिक रुपमा बलियो हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा उपस्थित जेष्ठ नागरिकहरुलाई अध्यक्ष टंक खापोङद्वारा खादा ओढाई सम्मान गरेका थिए । मन्तब्यको क्रममा नेपालबाट आएका लिम्बु मुन्धुमविद् तथा गायक ब्रबिण शेर्माले नेपालको वर्तमान राजनीति, संघीय लिम्बुबानको गतिविधिको जानकारी दिँदै, लिम्बु भाषा र नेपाली भाषामा २ वटा भावुक गीत गाएका थिए । साथै, उनले ११ अगस्टमा क्रिष्ट चर्च हलमा हुन गइरहेको आफ्नो एकल कार्यक्रममा उपस्थितिका लागि सबैलाई अनुरोध गरे ।

कार्यक्रमको दोस्रो चरणमा मञ्चका महासचिव रामकुमार इजमले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तिलविक्रम तावाले आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा उपस्थित सदस्यहरुको सर्वसहमतिमा दुवै प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा सुवर्ण नेम्वाङले आफ्नो मन्तव्यको क्रममा सांस्कृतिक विभागबाट पनि संघीय मञ्चलाई अगाडि बढाउन सकिने जानकारी गराएका थिए भने एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्वाङले पत्रकारिताबाट संघीय मञ्चलाई गर्न सकिने सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।

टंक खापुङको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा उपाध्यक्ष यदुचन्द्र लावतीले स्वागत मन्तव्य राखेका थिए । पहिलो चरणको कार्यक्रम महासचिव रामकुमार इजमले सञ्चालन गरेका थिए भने दोस्रो चरणको कार्यक्रम उपाध्यक्ष यदुचन्द्र लावतीले सञ्चालन गरेका थिए । पाहुनाहरुको स्वागत तथा ब्याच वितरणमा प्रभा खापुङ खटिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!