नयाँदिल्ली । भारतका पूर्व वित्तमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । अघिल्लो नरेन्द्र मोदी सरकारमा अर्थमन्त्री रहेका जेट्लीको ६६ वर्षको उमेरमा शनिबार मध्यान्ह नयाँ दिल्लीको अल इण्डिया मेडिकल इस्टिच्युट अफ मेडिकल साइन्स् (एम्स) मा निधन भएको हो । जेट्लीलाई श्वास फेर्न कठिनाई र मुटुको चालमा समस्या देखिए पछि दुई साताअघि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य झन् विग्रदै गए पछि केही दिनदेखि उनलाई लाइफ सपोर्टमा राखिएको थियो।
जेट्लीलाई मोदीको पहिलो कार्यकालमा सरकारको ‘ट्रबल शुटर’ कै रुपमा लिइन्थ्यो। मोदीको साथ पाएर नै जेट्लीले अर्थमन्त्रीको रुपमा नोटबन्दी र जिएसटीजस्ता अर्थतन्त्रलाई दीर्घकालीन असर पार्ने क्रिटिकल निर्णयहरु समेत लिएका थिए।
मोदी र जेट्लीबीच करीब दुई देशदेखि घनिष्ट सम्बन्ध थियो।






