भुइँचालो गयो भारत र पाकिस्तानमा

SHARE:

नयाँदिल्ली । भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कास्मीरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्प गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए । तर कुनै ठूलो क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको अधिकारीहरूले बताएका छन् ।

त्यसैगरी पाकिस्तानमा गएको भूकम्प ६.४ म्याग्नीच्युडको मापन गरिएको छ । राजधानी इस्लामाबाददेखि अफगानिस्तानसँगको सीमा क्षेत्रसहित देशका विभिन्न ठाँउमा भूकम्पको महसुस गरिएको जनाइएको छ ।

भूकम्पका कारण राष्ट्रियसभाको बैठक पछाडि सारिएको थियो । पाकिस्तानमा पनि भूकम्पबाट कुनै मानवीय क्षति भएको विवरण भने नआएको अधिकारीहरूले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!