लन्डन । लमजुङ समाज यूकेले बेलायत भ्रमणमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको स्वागत र सम्मान गरेको छ । शनिबार एक भव्य कार्यक्रम आयोजना गरी लमजुङ समाजले मुख्यमन्त्री गुरुङलाई स्वागत-सम्मान गरेको हो । कार्यक्रममा बेलायतमा रहेका लमजुङ्गेहरु टाढाटाढाबाट पनि मुख्य मन्त्रीलाई भेट्न आएका थिए। लजुङ्गेहरुको बाक्लो उपस्थितिमा हर्षित भएका मुख्यमन्त्री गुरुङले सबैलाई सन्चो बिसन्चोको सोधेका थिए ।
लमजुङका बिभिन्न गाउँले समाजहरुले पगरी, खादा र पुष्पागुच्छाले सम्मान गराएको थियो । मुख्यमन्त्री गुरुङकी धर्मपत्नी कुमारीमुनी गुरुङलाई पनि क्रमु खादा र पुष्पगुच्छाले स्वागत र सम्मान गरिएको थियो । उनी क्होंला सोथर गाउँपालिकाको उपप्रमुख हुन् ।
कार्यक्रममा क्होला सोथर गाउँपालिकाको प्रमुखलाई पनि स्वागत र सम्मान गरिएको थियो । समाजको अध्यक्ष विश्वजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमम सल्लाहकार एकेन्द्र गुरुङले मुख्यमन्त्रीको जिवनी सुनाएका थिए ।
कार्यक्रम सचिव परशुराम गुरुङले सन्चालन गरेका थिए ।






















तस्बिर : मिलन तमु






