रोशन मेवाहाङ
लन्डन । केन्ट फोक्स्टन, सनक्लिफस्थित सर जोनमोर व्यारेकमा कर्णेल जेजी रविन्सन सिविईलाई पहिलो गोर्खा बटालियन (वानआरजिआर) का सैनिकहरुले ‘गार्ड अफ अनर’ दिएका छन् ।
ब्रुनाई राजदरबारका लागि सुरक्षामा तैनात भइरहेका दोस्रो गोर्खा बटालियन (टु आरजिआर) का सैनिकहरुले भने गत महिना रविन्सनलाई ‘गार्ड अफ अनर’ दिँदै बिदाइ गरेका थिए । सन् २०१२ डिसेम्बरमा कर्णेल व्रिगेड अफ गोर्खाजमा नियुक्ति भएका कर्णेल रविन्सनलाई बटालियनको मन्दिरमा पण्डित शंकरमणि नेपालद्वारा पूजा आराधाना गरी बिदाइ कार्यक्रम सुरुआत गरिएको थियो ।
कमान्डिङ अफिसर लेप्टिनेन्ट कर्णेल कोन्रे, गोर्खा मेजर ललित गुरुङ र रेजिमेन्टल सार्जन्ट मेजर वारेन्ट अफिसर वान नरविर गलामी लगायत सम्पूर्ण सैनिकहरुले पूmलमाला लगाई बिदाइ गरेका हुन् ।
यातायात विभागद्वारा सजावट गाडीमा नेपाल, बेलायत र आरजिआरको झन्डा फरफराउँदै गाडरुमसम्म तातेर पु¥याएका थिए । गाडरुम पुगेलगत्तै कर्णेल रविन्सनलाई पहिलो गोर्खा बटालियन (वानआरजिआर)का सैनिकहरुले ‘गार्ड अफ अनर’ दिएका हुन् । कर्णेल रविन्सनले भने, ‘व्रिगेड अफ गोर्खाज्भित्र पहिलो र दोस्रो गोर्खा बटालियनका महत्वपूर्ण कार्यका कारण तेस्रो गोर्खा बटालियन स्थपना भएको हो, गोर्खा सैनिकहरुको शिर जहिले पनि उच्च रहिरहने छ भन्ने विश्वासमा म पुर्ण विश्वस्त छु ।’
विएफ विएस गोर्खा रेडियोको ट्रान्समिटर थपेर बेलायत र नेपालको विभिन्न सहर र गाउँहरुमा पु¥याउने उद्देश्य रहेको बताउँदै बेलायत र नेपालमा रहेका आफन्त परिवारबीच गोर्खा रेडियोले झनै नजिक तुल्याउने उनले जिकिर गरेका थिए ।
कार्यक्रमका अन्त्यतिर बटालियनका सबैभन्दा कान्छो सैनिकले माल्यार्पण गर्दै पहिलो गोर्खा बटालियनको तर्फबाट मायाको चिनोस्वरुप चाँदीको ‘निशानीमाई’ उपहार दिएका थिए ।
नेपाल सुनसरी धरानमा जन्मिएका कर्णेल जेम्स सन् १९८४ मा बेलायती सैनिक अधिकृतमा चयन भई सातौं ड्यूक अफ एडिनवर्गको आप्mनै गोर्खा राइफल्समा भर्ती भएका हुन् । उनले पहिलो केही वर्ष हङकङ, ब्रुनाई, नेपाल र कोरियामा सैनिक सेवा गरेका थिए । ब्रुनाईमा एक कुशल प्रशिक्षक, प्रशिक्षण, एडजुटन्ट र कम्पनी कमाण्डर लगायतका धेरै रेजिमेन्टल नियुक्तिहरुको अभिभारा निभाएका थिए ।
सैनिक मुख्यालयको निर्देशनअनुसार रविन्सनले लाईट डिभिजन र द रोयल गोर्खा राइफल्सका निम्ति पेसा व्यवस्थापन अधिकृतका रुपमा र सैनिक सचिव एमएको अनुभव पनि गर्न पाएका थिए । लेफ्टिनेन्ट कर्णेल पदोन्नतीका लागि उनलाई ६ महिना इराक, बग्दादको मुख्यालय बहुराष्ट्रिय फोर्समा लडाइँको रणनीतिक सूचना अपरेशनमा काम गर्न पठाइएको थियो । रविन्सनको कामप्रतिको बफादार र इमान्दारिताको कदर गर्दै अमेरिकन ‘कास्यपदक’ बाट सम्मानित गरिएको थियो ।
सन् २००५ मे देखि उनी ल्याण्ड वारफेर सेन्टरमा एसओ अधिकृतका रुपमा कनिष्ठ रणनीति र युवा अधिकृतहरुलाई शिक्षा प्रदान गर्ने जिम्मेवारका रुपमा करिब एक वर्ष खटिएका थिए । उत्तर योर्कसायरस्थित बेलायती गोर्खा सैनिक तालिम केन्द्रमा कमाण्डिङ अफिसरको दरबन्दीपश्चात् उनी जनरल स्टाफको ब्रिफिङ टिम प्रमुखका रुपमा तीन वर्षभन्दा बढी समय खटिए । बेलायती सैनिक मुख्यालय बोर्डलाई सुझाव दिनका लागि वर्तमान मुद्दाहरुमा विभिन्न युनिट र परिवारहरुको अपडेट गर्ने, विश्वव्यापी सेनाको भ्रमण गर्ने अवसर कर्णेल रविन्सनले पाएका थिए ।
सन् २०१२ मा उनी नाटो प्रशिक्षण मिसनको एक हिस्साको रुपमा अफगानिस्तानको राजधानी काबुलमा खटिएका थिए । जसले अफगान राष्ट्रिय सैनिकहरुका संरचना विस्तार गर्न, उपकरण प्राप्त गर्न र नयाँ अफगान राष्ट्रिय सैनिक इकाइहरुलाई यस क्षेत्रमा पु¥याउन मुख्य जिम्मेवारीजस्ता कार्य सम्पादन गर्न पाएका थिए । कर्णेल रविन्सनसँग उत्तरी आयरल्यान्ड, बोस्निया, कोसोभो, सियरालियोन, इराक र अफगानिस्तानको लडाइँको अनुभव छ । कर्णेल जेम्स रविन्सन सिविइ विवाहित गोर्खा सैनिक अधिकृत हुन् ।






