अल्डरसटमा ‘तिमीसँग’प्रदर्शन

SHARE:

एटा सम्वाददाता

अल्डरसट । निर्माणकै क्रममा अत्यन्त चर्चित बनेको नेपाली चलचित्र ‘तिमीसँग’ को एक कार्यक्रमबीच विशेष प्रदर्शन गरिएको छ ।

गत शुक्रबार अल्डरसटस्थित एम्पायर हलमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विशेष उपस्थितिमा प्रदर्शन भएको हो । नायिका शाहसँग ‘मिट एण्ड ग्रीड’ सँगै प्रदर्शन भएको कार्यक्रममा नायिका शाहले चलचित्र छायांकनको क्रममा अत्यन्त रमणीय दृश्य भएका गाउँहरुमा पुगिएको स्मरण गरिन् । उनले सबै आयोजक सपन इन्टरटेन्टमेनका सपन राई र दर्शकहरुलाई धन्यवाद दिँदै आपूm नेपाली चलचित्र ‘इन्टुमिन्टु लन्डन’ एक महिनाको छायांकन सकाएर नेपाल फर्कन लागेको बताइन् ।

बेलायतमा रहेका नेपाली चलचित्रप्रेमीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नायिका शाहसँग दर्शकहरुले फोटो खिचेका थिए ।
शिशिर राणाको कथा, निर्माण र निर्देशन रहेको चलचित्रमा काठमाडौं, पोखरा, पुनहिल, घान्दु्रकलगायत रमणिय गाउँको दृश्यहरु छ । चलचित्रमा साम्राज्ञी, नाजिर हुसेन र आकाश श्रेष्ठको विशेष भूमिका रहेको छ । नमन प्रोडक्सन्स् नेपाल प्रालिको व्यानरमा बनेको सो चलचित्र गत ६ अप्रिलमा रिलिज भई बेलायतमा पहिलो पटक प्रदर्शन गरिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!