सहाराको अक्षयकोष थप्न यूकेमा १० माइल दौड [ १६ तस्बिरहरु]

SHARE:

एटा संवाददाता
लन्डन । सहारा क्लब पोखरास्थित सहारा एकेडेमीको अक्षय कोष वृद्धि गर्ने उद्देश्यका साथ सहारा यूकेका अध्यक्ष कुमार गुरुङ र उपाध्यक्ष ले.रि.कुसाङ गुरुङले १० माईलको दौडमा भाग लिएका छन् ।

 

उनीहरुले गत आइतबार २० अक्टोबरका दिन बेलायतको पोर्टसमाउथमा सम्पन्न ‘सिम्पली हेल्थ ग्रेट साउथ रन’ मा भाग लिई पाँच लाख रुपैयाँभन्दा बढी च्यारिटीमार्फत संकलन गर्न सफल भएका छन् ।

सहारा क्लब पोखराले अनाथ बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने उद्देश्यअनुरुप सहारा एकेडेमी सञ्चालन गर्दै आएको छ । सो एकेडेमीलाई निरन्तरता दिनका लागि सहारा क्लब पोखराले अक्षय कोषको स्थापना गरेको छ । सोही अक्षय कोष वृद्धिमा सहयोग गर्ने उद्देश्यअनुरुप सहारा यूकेका अध्यक्ष र उपाध्यक्षले सो दौडमा भाग लिएका हुन् ।
करिब एकहप्ता अघि मात्र च्यारिटी संकलनका लागि बेलायतवासीहरुबीच अनुरोध गरेकोमा आपूmहरुले अपेक्षा गरेको रकम संकलन भएको अध्यक्ष कुमार गुरुङले जनाए । यसअघि पनि सहारा एकेडेमी भवन निर्माणमा सहारा यूकेले विशेष सहयोग गरिसकेको छ ।

नेपाली समुदाय बेलायतमा फुटबलको बिकास गर्ने उद्देश्य अनुरुप स्थापना भएको सहारा यूके बेलायतस्थित च्यारिटी कमिसनमा समेत दर्ता भई विभिन्न च्यारिटीमूलक कामहरु गर्दै आएको छ । सोही च्यारिटी अन्र्तगतको एक कार्य दौड पनि हो । सन् २०१५ साल नेपालमा आएको महाभूकम्पबाट क्षतिग्रष्ट गोर्खा र सिन्धुपाल्चोकस्थित विद्यालय भवनको पुर्ननिर्माण समेत गरेको छ । बेलायतमा समेत सहारा फुटबल एकेडेमी स्थापना गर्ने योजना बुनेका सहारा यूकेले आर्थिक संकलनका लागि आगामी ३० नोभेम्बर बेलुकी अल्डरसटमा च्यारिटी डिनर नाईटको समेत आयोजना गर्दैछ ।
करिब ३० हजारभन्दा बढीले भाग लिएको ‘सिम्पली हेल्थ ग्रेट साउथ रन’ मा सहारा एफसी चियरमेन क्रिश गुरुङ, फोटोपत्रकार मिलन तमु लगायत परिवार हौसला दिन पोर्टस्माउथ पुगेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!