जयराम तामाङ
स्वीन्डन । नेपालीहरुको चाहनालाई मध्यनजर राख्दै स्वीन्डनको टाउन सेन्टरमा सञ्चालनमा रहेको ग्रेसी ज्वेलर्सलाई झन् व्यवस्थित पारिएको छ ।

सफल सुन व्यवसायी पदम सेन र श्रीमती गोमा सेनले चलाउँदै आएको सानो सुन दोकानलाई आफ्नै घरको भुइँतलामा ठूलो अनि फराकिलो पारिएको हो । सुन पसल उद्घाटनका अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रण गरिएको थियो । कार्यक्रममा याक द हिमायल रेस्टुरेन्टले खानाको सर्भीस प्रदान गरेको थियो । सोसुन दोकान ५१ फ्लिट स्ट्रिटमा अवस्थित छ ।






