बिसीसीद्वारा च्यारिटी डिनर आयोजना, धार्मिक प्रवचन सँगसँगै सांगीतिक माहोल

SHARE:

एटा संवाददाता
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले च्यारिटी डिनर नाईट आयोजना गरेको छ ।

गत १६ नोभेम्बर शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा डिनर कार्यक्रम आयोजना गरिएको हो । बेलायतको च्यारिटी कमिशनमा दर्ता रहेको सो संस्थाको सहयोगार्थ आयोजित च्यारिटी कार्यक्रमलाई रस्मुर बरो काउन्सिलका उपमेयर फ्रेंक रष्ट, लामा गुरु र बिसीसी यूकेका अध्यक्ष नरेश गुरुङले संयुक्त रुपमा दिपप्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा लामा गुरु खेम्पो छिरिङ्ग पेन्जोर, खेन्पो निईमा, आमा समूह अध्यक्ष पुष्पा गुरुङ लगायतको समूहले आस्था मंगलको पाठको वाचन गरेका थिए ।

बौद्ध धर्ममा आस्थावान भक्तजनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा आङ्ग लाक्पा शेर्पा लगायतको समूहले स्वागत नृत्य प्रस्तुत् गरेका थिए । त्यस्तै, वाङ्गचु शेर्पा लगायतको समूहले शेर्पा नादिङ्ग सामूहिक नृत्य प्रस्तुत् गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि फ्रेंकले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए भने बिसीसी यूके अध्यक्ष नरेश गुरुङले संस्थाले गर्दै आएको विभिन्न कार्यहरुको बारेमा जानकारी दिँदैं सहभागीका लागि सबैलाई धन्यवाद दिए ।
त्यस्तै, बिसीसी यूके उपाध्यक्ष हर्क गुरुङले गुम्बा थपबारे जानकारी दिएका थिए भने बिसीसी यूके सल्लाहकार मेजर खुशिमान गुरुङ र सह पीआर आसबहादुर गुरुङले ट्रष्टी सदस्यताको प्रमाणपत्र वितरण गरेका थिए ।

विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा नेपालमा आएका गायक भिम पौडेल, सिर्जु अधिकारी, प्रसाद खपाडी मगर, गणेश लामा, ममता गुरुङ, ब्रिशा गुरुङ, ककुन गुरुङ लगायत कलाकारहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरी कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाएका थिए ।

कार्यक्रममा बिसीसी निवर्तमान अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङ र उपाध्यक्ष धर्म तामाङले अक्सन सञ्चालन गरेका थिए । जसबाट संस्थालाई ठूलो आर्थिक सहयोग संकलन भएको थियो । त्यस्तै, सल्लाहकार मेजर (रि) खुशीमान गुरुङ र सहपीआर आसबहादुर गुरुङले राफल ड्र सञ्चालन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा उपाध्यक्ष धर्म तामाङले प्रमुख अतिथि, अतिथि, कलाकार, कार्यसमिति, ट्रष्टी लगायत सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने सपन इन्टरटेन्टमेन यूकेका निर्देशक सपन राईले प्रस्तुत् गरेको साउन्डमा सबैले कक्टेल नृत्य प्रस्तुत् गर्दै कार्यक्रम समापन भएको थियो ।

बिसीसी यूके अध्यक्ष नरेश गुरुङको अध्यक्षमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आङ्ग दावा शेर्पाले स्वागत मन्तव्य दिएका थिए भने महासचिव रबिन गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!