मलेसियाका पूर्वउपप्रधानमन्त्री जेलमुक्त

SHARE:

क्वालालम्पुर, मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त भएका छन् ।

गुदमैथुनको अभियोगमा जेल परेका इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो । उनलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उनका सुभेच्छुकले खुशीयाली मनाउँदै ¥याली निकालेका थिए ।

कालो कोटमा देखिएका ७० वर्षीय अन्वार खुशी हुँदै राजदरबार गएका थिए भने पत्रकारहरूले उनलाई लगातार पछ्याइरहेका थिए ।

राष्ट्रप्रमुख तथा राजा मोहम्मद पाँचौँले उनलाई पूर्ण माफी दिँदै तत्काल रिहा गर्न लगाएका थिए । थुनामुक्त भएपछि आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अन्वारले आफूलाई विनाशर्त रिहा गरिएको बताए ।

उनलाई सन् १९९८ मा उपप्रधानमन्त्रीबाट पदच्युत गरएको थियो भने केही समयपछि भ्रष्टाचार र गुदमैथुनको आरोप लगाएर जेल चलान गरिएको थियो ।

उनलाई सन् २०१५ देखि फेरी गुदमैथुनकै आरोपमा दोस्रो पटक काराबासको सजाय गरिएको थियो । आफूमाथि लागेको आरोपलाई भने अन्वारले अस्वीकार गर्दै राजनीतिक प्रतिशोध साँधेर गलत आरोप लगाई दण्डित गरिएको बताएको थियो ।

सन् २०१६ देखि अन्वार र पूर्वप्रधानमन्त्री माहाथिर मोहम्मदले संयुक्तरूपमा नाजिब रजाक नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गरेका थिए ।

बयानब्बे वर्षीय प्रधानमन्त्री माहाथिरले दुई वर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने बताएका छन् ।

यसअघि लामो समय मुलुकको प्रधानमन्त्री भएर विश्राम लिएका माहाथिरले निवर्तमान प्रधानमन्त्रीको कार्यकालमा मुलुकमा भ्रष्टाचार र गलत कामहरू भएको भन्दै फेरी राजनीतिमा फर्किएका हुन् ।

प्रकाशितः २ जेठ २०७५

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!