भूपू गोर्खाज्‌का सन्तानले बनाए भीसी कुलवीर थापाबारे चलचित्र

SHARE:

एटा संवाददाता
लन्डन । बेलायतमा रहेका ब्रिटिस भूतपूर्व गोर्खाज्‌का सन्तानहरुको विशेष पहलमा ‘गोर्खा विनिथ दि ब्रेभरी’ नामक चलचित्र निर्माण भएको छ ।


प्रथम विश्वयुद्धमा आफ्नो अदभ्य साहस तथा बहादुरी देखाएबापत ब्रिटिस सरकारबाट पहिलो भिक्टोरिया क्रस (भीसी) पदकबाट सम्मानीत भएका भीसी कुलवीर थापाको जीवनीमा चलचित्र निर्माण गरिएको हो । सो चलचित्रबारे जानकारी गराउने उद्देश्यका साथ गत शुक्रबार २७ डिसेम्बर २०१९ बेलुकी अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा चलचित्र युनिटले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा चलचित्र लेखक तथा निर्देशक प्रदीप शाहीले बेलायतमा भूतपूर्व गोर्खाजहरुको बसोबास बाक्लिँएसँगै गोर्खाजहरु को हुन् ? भन्नेबारे जानकारी गराएर गोर्खाजहरुले महायुद्धमा खेलेको भूमिकालाई बाहिर ल्याउनुपर्ने महसुस भई पहिलो भीसी पाएका कुलवीर थापाको बारेमा ‘बायोग्राफी फिल्म’ बनाइएको जनाए । चलचित्रको ८० प्रतिशत निर्माण कार्य पूरा भएको जानकारी गराउँदै उनले चलचित्रको छायांकन, बजेट, अनुभव लगायतका विषयमा बोलेका थिए । उनले सो चलचित्रका केही भाग छायांकन गर्न बाँकी रहेको र क्यान्स फिल्म फेस्टिभलमा भाग लिनका लागि प्रयन्त गरिने समेत जनाए । सो चलचित्र आउने जुलाई २०२० मा प्रदर्शन हुने उनले जनाए । त्यस्तै, चलचित्रबाट फाइदा भएको सबै रकम गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग स्वरुप प्रदान गरिने निर्देशक शाहीले उद्घोष गरे ।

पत्रकार सम्मेलनमा चलचित्रको टिजर र ‘माटोमै मिसिने हो’ बोलको गीतसमेत सार्वजनिक गरिएको थियो । विश्व शाहीले संगीत भरेको गीतमा रविन श्रेष्ठको रचना र स्वर रहेको छ ।

प्रथम विश्व युद्धको क्रममा भीसी कुलवीर थापाले युद्ध मैदानमा खेलेका भूमिकालाई केन्द्रविन्दुमा राखेर २५ हजार पाउन्डको बजेटमा चलचित्र निर्माण गरिएको चलचित्र निर्देशक शाहीले जनाए । पत्रकार सम्मेलनमा चलचित्र युनिटका प्रोजेक्ट मेनेजर मधु गुरुङले चलचित्र निर्माणका लागि करिब २१ हजार पाउन्ड संकलन भइसकेको र अब पाँच हजार पाउन्ड बजेट अभाव भएको जानकारी दिएका थिए ।

सो अवसरमा जीनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजीडब्लुएस) का अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपीले युवाहरुले गरेका कामको प्रशंसा गर्दै चलचित्र निर्माण सहयोगार्थ जीनर्जीको तर्फबाट दुई हजार पाउन्ड र बिजीडब्लुएसको तर्फबाट ५०० पाउन्ड प्रदान गरेका थिए । त्यस्तै, मगर संघ यूकेका अध्यक्ष सुनिल राना, किरात याक्थुङ चुम्लुङ यूकेका अध्यक्ष तिलबिक्रम सम्बाहाम्फे, ग्रेटर रस्मोर नेपाली कम्युनिटी यूकेकी उपाध्यक्ष माया डंगोल केसी, पञ्चासे हर्पनडाँडा समाज यूकेका महासचिव प्रकाश गुरुङ, किरात राई यायोक्खाकी निलम राई, थकाली वेलफेयर सोसाईटीका मेजर खिम गौचन, सिर्जनशिल नेपाली समाज यूकेका अध्यक्ष भक्तबहादुर दर्जी, एभरेस्ट टाइम्सका फोटो पत्रकार मिलन तमु, हाल ब्रिटिस गोर्खा आर्मीमा कार्यरत मेजर दिल्ली राई, एनआरएनए यूकेका पूर्वउपाध्यक्ष शेरबहादुर सुनार लगायत सहभागीले चलचित्र ऐतिहासिक भएको बताउँदै आर्थिक सहयोगका लागि आ–आफ्नो तर्फबाट पहल गर्ने जनाए । साथै, उनीहरुले सहयोग रकमसमेत प्रदान गरेका थिए । सो अवसरमा चलचित्र युनिटका ब्रान्ड एम्बासेडर प्रतिष्ठा राउतले ऐतिहासिक चलचित्र निर्माणमा सहयोग गर्न अनुरोध गरिन् ।

भूतपूर्व गोर्खालीको छोरासमेत निर्देशक शाहीलगायत कलाकार, क्यामेरामेन लगायत चलचित्र युनिट पुरैले आफूहरुको बाउबाजेले बनाएको इतिहासलाई जीवन्त राख्न चलचित्र निर्माण गरिएको बताए । साथै, उनीहरुले कुनै पनि पारिश्रमिक नलिएको समेत जानकारी गराए ।

बजेट कम भए तापनि आपूmहरुले चलचित्रलाई स्तरीय बनाउन अत्याधुनिक प्रविधिको प्रयोग गरिएको, उपयुक्त छायांकन स्थल, कलाकार, पोसाक रोजिएको बताउँदै निर्देशक शाहीले कलाकारको अभावमा आफूले समेत ३ वटा पात्रको अभिनय गरेको जनाए ।

सो अवसरमा भीसी थापाको भूमिका निभाएका समिर गुरुङ, गौमाया माया, क्यामरामेन अमृत गुरुङ लगायत चलचित्र युनिटले छायांकनको अनुभवसमेत सुनाएका थिए ।

करिब ७२ मिनेटको चलचित्रमा समिर गुरुङले कुलवीर थापा र गौमाया गुरुङले माया अर्थात् कुलवीर थापाको धर्मपत्नीको भूमिकामा अभिनय गरेका छन् भने ओली बासी, सूर्य गुरुङ, राजन गुरुङ, अगोस्टीनो, रोविन, चार्ली, ज्याक, ली लगायतले प्रत्यक्ष लडेका सेनाहरुको भूमिकामा अभिनय गरेका छन् । त्यस्तै, सगरमाथा युथ यूके र वानआरजीआरले समेत अभिनयमा साथ दिएका छन् ।

एस.एच.वाई. फिल्मको व्यानरमा निर्माण हुन लागेको सो चलचित्रको निर्माण समूहमा प्रदीप शाहीले लेखन तथा निर्देशन, जेशन विलियमले लेखन तथा स्क्रीन प्ले, ह्यारी हरोन र भिक्टरले एक्ज्क्युटिम प्रोड्युसर, अमित गुरुङले सहनिर्देशक, अमृत गुरुङ र निक्को प्रताप गुरुङले फोटोग्राफी निर्देशन, प्रयास गुरुङले प्रड्युसर, हर्के गुरुङले अपरेशन मेनेजर, मधु गुरुङले प्रोजेक्ट मेनेजर, इशुप अधिकारीले प्रोजेक्ट कन्सल्टेन्ट, नेशा गुरुङले पीआर मेनेजर, अमृत गुरुङले एरियल फोटोग्राफी, अश्रृति पटेलले आर्ट डाईरेक्टर, दिनेश थापा र सुमन सरुले क्यामरा एसिस्टेन्ट, एमीनले सोसियल मिडिया मेनेजर, विप्लप गुरुङ तथा माया गुरुङले सोसियल मिडिया कोर्डिनेटर, मिस ईंग्ल्यान्ड सेकेण्ड रनरअफ प्रतिष्ठा राउतले ब्राण्ड एम्बासेडर, सञ्जीव श्रेष्ठले क्राउड फन्डीङ्ग कोर्डिनेटर, कुल थापाले फन्डरेजिङ्ग कोर्डिनेटर, केने जेम्सले वेभ डिप्लोभर र ह्वमुमेन्टले अफिसियल मिडिया पार्टनरको भूमिका निभाएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूकेकी अध्यक्ष प्रमिला लाबुङ्ग राई, गोर्खा च्यानलकी बिमला सेने, शीतलपाटी डटकमका बाचस्पति रेग्मी, एभरेस्ट टाइम्सका मिलन तमु, मधुकर गुरुङ, ह्बमुमेन्टका नविन गुरुङ लगायत पत्रकारहरुको उपस्थिति थियो ।


बेलायतस्थित विभिन्न संघसंस्थाका पदाधिकारीहरुको समेत विशेष उपस्थिति रहेको पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक प्रदीप शाहीले पत्रकारहरुका जिज्ञासालाई मेटाउने प्रयन्त गरेका थिए । प्रोजेक्ट मेनेजर मधु गुरुङले विभिन्न व्यक्ति, संघसंस्था, उद्यमी तथा व्यापारीको सहयोग, विभिन्न इभेन्टको आयोजना, च्यारिटी, देउसीभैलो, नेपाली मेला, ओपन कन्सर्ट, अनलाइन लगायतको सहयोगबाट २१ हजार संकलन भइसकेकोमा पत्रकार सम्मेलनमा ६ हजार १०० पाउन्ड थप संकलन भएको जनाउँदै आफूहरुले अपेक्षा गरेअनुसार रकम संकलन भएकोमा सबैलाई सहयोगदाताहरुलाई धन्यवाद दिइन् ।

पत्रकार सम्मेलनलाई पीआर मेनेजर नेशा गुरुङले सञ्चालन गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!