साउथ इस्ट रेजिनल तमुधिं यूकेले मनायो च्यु ल्होछार

SHARE:

लन्डन । साउथ इस्ट रेजिनल तमुधिं यूकेले तमुहरुको महान् चाड च्यु ल्होछार भव्य र सभ्यका साथ मनाएको छ ।

गत डिसेम्बर २९ तारिख आइतबारलेन डावल ओबीई (Leader of the Labour Group in the London Assembly) को प्रमुख आतिथ्यतामा तमु ल्होछार मनाइएको हो । सो संस्थाले हरेक वर्ष ल्होछार पर्व मनाउने गर्दछ ।

कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष पुनम गुरुङ र तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ विशिष्ट अतिथिका रुपमा सहभागी थिए ।

अध्यक्ष हिराप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमन गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन महासचिव डम्मर गुरुङले गरेका थिए । उनले स्वास्थ्य तथा सुरक्षा बारेमा पनि जानकारी दिए ।

कार्यक्रम मुख्य अतिथि लेन डावल ओबीई, विशिष्ट अतिथिहरु पुनम गुरुङ, नन्दजंग गुरुङ, अध्यक्ष हिराप्रसाद गुरुङ र पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार क्याप्टेन नारायणबहादुर गुरुङ एमभीओले दीप प्रज्ज्वलन गरी शुभारम्भ गरेका थिए ।

त्यस अवसरमा लामा गुरु धरम लामा र क्याप्री चिबा हीरा गुरुङले मृर्ग वर्गलाई बिदाई र मुसा वर्गलाई स्वागत गरी सहभागीलाई आशीर्वाद दिएका थिए । कार्यक्रममा विशिष्ट अतिथिद्वयले तमुहरुको महान् पर्व तमु ल्होछारको शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा तमुधिं यूकेद्वारा आयोजित नेपाली मेलामा साउथ इस्ट रेजिनल तमुधिं यूकेबाट नृत्यमा तेस्रो स्थान ओगट्नुमा सफल कलाकारहरुलाई मुख्य अतिथिबाट अवार्डसहित सम्मान गरिएको थियो । सम्मानित हुने कलाकारहरुमा महासचिव डम्मर गुरुङ, कोषाध्यक्ष एवं सांस्कृतिक सचिव कमला गुरुङ, सदस्य जीतमान गुरुङ, तारा गुरुङ छन् । त्यस्तै ओमदेवी गुरुङ, विषन लामा, सरु घले, चन्दा थापा पनि सम्मानीत भए ।

कार्यक्रममा साउथ इस्ट रेजिनल तमुधिं यूकेका लागि आउटस्ट्यान्डिङ भोलुन्टर्स अफ दि इयर २०१९ अवार्ड पूर्वकोषाध्यक्ष चन्द्रजंग गुरुङ र वर्तमान कोषाध्यक्ष तथा सांस्कृतिक सचिव कमला गुरुङलाई प्रदान गरिएको थियो । साथै संस्थाका सांस्कृतिक सल्लाहकार सूर्य गुरुङ र उपाध्यक्ष योगेश गुरुङलाई पनि आउटस्ट्यान्डिङ होस्ट अवार्ड प्रदान गरिएको थियो । सोही अवसरमा हालसालै एनआरएनए यूकेको अध्यक्षमा निर्वाचित पुनमगुरुङलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका दिन साउथ इस्ट रेजिनल तमुधिंले आयोजना गरेको पितृ पूजामा उठेको रकम विभिन्न च्यारिटी संस्थाहरुलाई प्रदान गरिएको थियो । रकम प्राप्त गर्ने संस्थाहरुमा लेन डुभल ट्रस्ट, साफ, डीबीसी यूके, हेभन्ली पथ छन् ।
त्यस्तै कार्यक्रमको आकर्षणको रुपमा राफल ड्र पनि थियो । राफल ड्र को प्रथम पुरस्कार १ तोला सुन थियो । साउथ इस्ट रेजिनल तमुधिं यूकेले प्रायोजनक गरेको थियो । दोस्रो सुनको चन्द्रमा पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार क्याप्टेन नारायण बहादुर एमभीओ र श्रीमती चन्द्रदेवी गुरुङले गरेकी थिइन् ।

तेस्रो पुरस्कार २.५० ग्राम सुन पूर्व प्रमुख सल्लाहकार मोहन गुरुङ र बनु गुरुङले प्रायोजन गरेका थिए भने चौथो पुरस्कार दिदीबहिनी ग्रुपले गरेको थियो ।

यस वर्षको ल्होछार कार्यक्रममा युवा टोलीका नानीबाबुहरुको विशेष भूमिका थियो । नानीबाबुहरुले स‌ंस्थाप्रति दिएको माया र योगदान अति नै प्रशंसनीय रहेको थियो । कार्यक्रमको होस्ट पनि मनीष गुरुङ रआस्मा गुरुङले गरेका थिए । सम्पूर्ण नानीबाबुहरु को योगदानलाई प्रश‌ंसा गर्दै अध्यक्ष हिराप्रसाद गुरुङले हृदयदेखि नै मुरी मुरी धन्यवाद दिए ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरु राजन गुरुङ, तिलक गुरुङ र तारा श्रीसका साथै स्थानीय कलाकारहरुले विभिन्न गीत र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अमूल्य समय दिइ उपस्थित भइ गरिमा बढाईदिएकोमा सम्पूर्ण सहायोगी हातहरु आमा प्रमुख तथा उपाध्यक्ष पार्बती गुरुङ लगायत आमा टोलीहरु, बाबा टोलीहरु, युवा टिम, नानीबाबुहरुलाई अध्यक्ष हिरा साद गुरुङले मुरी मुरी धन्यवादका साथै अभार प्रकट गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!